2026-09-29 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, राजनीतिक प्रतिस्पर्धी मात्र हो: गगनकुमार थापा

2026-08-17

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको वर्तमान सरकारले पूरा ५ वर्ष कार्यकाल चलाउनुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले अर्को आवधिक निर्वाचन पनि यही सरकारले गराउनुपर्ने बताएका हुन् ।

थापाले कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहे पनि अरू पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्ने स्पष्ट पारे । रास्वपालाई कांग्रेसको प्रतिद्वन्द्वीका रूपमा हेर्न नहुने उनको तर्क थियो । ‘रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, हामी केवल राजनीतिक प्रतिस्पर्धी हौँ,’ उनले भने, ‘हामी प्रतिपक्षी दलको हैसियतमा छौँ, तर अरूको आन्तरिक मामिलामा केही गर्दैनौँ ।’

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले मुलुकमा शासकीय अराजकता देखिएको बताए । सरकारलाई कानुनअनुसार चल्न सुझाव दिँदै उनले भने, ‘सरकार कानुनअनुसार चले सहज तरिकाले अगाडि बढ्छ, तर यदि कानुनलाई आफूअनुरूप चलाउन खोजियो भने सरकार खाडलमा जाने पक्का छ ।’

थापाले सरकार समस्याको समाधान खोज्नुको साटो त्यसलाई छोप्ने दिशामा केन्द्रित भएको आरोप लगाए । ‘सरकार समस्या समाधान कसरी गर्ने भन्दा पनि त्यसलाई कसरी छोप्ने भन्नेतिर लागिरहेको छ,’ उनले थपे, ‘हामी सरकारलाई निरन्तर सचेत गराउँछौँ । सरकारप्रति नागरिकको विश्वास हुनुपर्छ, जुन अहिले कमजोर देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै