2026-10-19 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, राजनीतिक प्रतिस्पर्धी मात्र हो: गगनकुमार थापा

2026-08-17

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको वर्तमान सरकारले पूरा ५ वर्ष कार्यकाल चलाउनुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले अर्को आवधिक निर्वाचन पनि यही सरकारले गराउनुपर्ने बताएका हुन् ।

थापाले कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहे पनि अरू पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्ने स्पष्ट पारे । रास्वपालाई कांग्रेसको प्रतिद्वन्द्वीका रूपमा हेर्न नहुने उनको तर्क थियो । ‘रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, हामी केवल राजनीतिक प्रतिस्पर्धी हौँ,’ उनले भने, ‘हामी प्रतिपक्षी दलको हैसियतमा छौँ, तर अरूको आन्तरिक मामिलामा केही गर्दैनौँ ।’

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले मुलुकमा शासकीय अराजकता देखिएको बताए । सरकारलाई कानुनअनुसार चल्न सुझाव दिँदै उनले भने, ‘सरकार कानुनअनुसार चले सहज तरिकाले अगाडि बढ्छ, तर यदि कानुनलाई आफूअनुरूप चलाउन खोजियो भने सरकार खाडलमा जाने पक्का छ ।’

थापाले सरकार समस्याको समाधान खोज्नुको साटो त्यसलाई छोप्ने दिशामा केन्द्रित भएको आरोप लगाए । ‘सरकार समस्या समाधान कसरी गर्ने भन्दा पनि त्यसलाई कसरी छोप्ने भन्नेतिर लागिरहेको छ,’ उनले थपे, ‘हामी सरकारलाई निरन्तर सचेत गराउँछौँ । सरकारप्रति नागरिकको विश्वास हुनुपर्छ, जुन अहिले कमजोर देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ