2026-10-19 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह

2026-08-18

काठमाडौँ | नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमका अनुसार पछिल्लो समय बजारको मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको छ। काठमाडौँ उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग रहे पनि अहिले त्यसको तुलनामा ५ देखि ८ हजार सिलिन्डर बढी आपूर्ति भइरहेको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए।

भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ वटा ग्यास उद्योगबाट ४७ हजार ३८८ सिलिन्डर बिक्री हुँदैछन्। त्यस्तै, भदौ १ गते ५२ हजार ५७६ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ। यो सामान्य दैनिक मागभन्दा करिब १५ हजार सिलिन्डर बढी हो। निगमका अनुसार साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म उपत्यकामा तीन लाख नौ हजार ५५३ सिलिन्डर बिक्री भइसकेका छन्। यसअनुसार दैनिक औसत बिक्री ४४ हजारभन्दा बढी देखिन्छ।

ग्यास उद्योगी व्यवसायीले अहिले देखिएको समस्या आपूर्ति अभावका कारण नभएको बताएका छन्। गत फागुनमा बाह्य कारणले ग्यास आयात घटेपछि सरकारले समस्या व्यवस्थापनका लागि आधा भरिएको सिलिन्डर बिक्री सुरु गरेको थियो। त्यसको प्रभाव अहिले बजारमा देखिएको भए पनि अवस्था लामो समय नलम्बिने उनीहरूको भनाइ छ। एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नियमित रूपमा ग्यास बिक्री हुन थालेपछि अवस्था थप सहज भएको छ। उनले आगामी एक साताभित्र ग्यासको समस्या पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ