2026-09-29 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह

2026-08-18

काठमाडौँ | नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमका अनुसार पछिल्लो समय बजारको मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको छ। काठमाडौँ उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग रहे पनि अहिले त्यसको तुलनामा ५ देखि ८ हजार सिलिन्डर बढी आपूर्ति भइरहेको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए।

भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ वटा ग्यास उद्योगबाट ४७ हजार ३८८ सिलिन्डर बिक्री हुँदैछन्। त्यस्तै, भदौ १ गते ५२ हजार ५७६ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ। यो सामान्य दैनिक मागभन्दा करिब १५ हजार सिलिन्डर बढी हो। निगमका अनुसार साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म उपत्यकामा तीन लाख नौ हजार ५५३ सिलिन्डर बिक्री भइसकेका छन्। यसअनुसार दैनिक औसत बिक्री ४४ हजारभन्दा बढी देखिन्छ।

ग्यास उद्योगी व्यवसायीले अहिले देखिएको समस्या आपूर्ति अभावका कारण नभएको बताएका छन्। गत फागुनमा बाह्य कारणले ग्यास आयात घटेपछि सरकारले समस्या व्यवस्थापनका लागि आधा भरिएको सिलिन्डर बिक्री सुरु गरेको थियो। त्यसको प्रभाव अहिले बजारमा देखिएको भए पनि अवस्था लामो समय नलम्बिने उनीहरूको भनाइ छ। एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नियमित रूपमा ग्यास बिक्री हुन थालेपछि अवस्था थप सहज भएको छ। उनले आगामी एक साताभित्र ग्यासको समस्या पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै