2026-09-29 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल

2026-08-18

काठमाडौँ | नेकपाका सहसंयोजक माधव नेपालले नेपाली कांग्रेसका कतिखेर विभाजित हुने ठेगान नभएको टिप्पणी गरेका छन्। बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेभित्र पनि बिजोग अवस्था रहेको बताए। उनले नेपालको राजनीतिमा अहिले आफ्नो पार्टीको भूमिका अझ विशेष महत्त्वपूर्ण रहेको बताए।

उनले भने, ‘कांग्रेस पार्टी कतिखेर विभाजित हुने हो ठेगान छैन। एमाले पार्टीको के हुने होरु ती हुल्याहाहरू, आवाराहरूले के–के गर्न थाले भनेर सुन्नमा आइरहेको छ। त्यहाँको पनि बिजोग छ। राप्रपा पार्टी पनि फुटिसकेको स्थितिमा पुगेको छ।’

उनले मधेशवादी दल आफ्नो अस्तित्व जोगाउनका लागि नै अप्ठ्यारो अवस्थामा पुगिसकेको बताए। उनले भने, ‘यो सबै अवस्थाभित्र अहिले हाम्रो पार्टीको काँधमा गम्भीर जिम्मेवारी पनि आएको छ। यस पटकको चुनावमा हामीले धेरै सिट त जित्न सकेनौँ। शक्तिको हिसाबले चौथो नम्बर शक्तिमा मात्रै हामी रह्यौँ। तर हाम्रो पार्टीका संयोजकले जित्नुभएको छ। संसद्मा उहाँले भूमिका खेल्न सक्नुहुन्छ।’

राष्ट्रिय राजनीतिमा पनि नेकपाले भूमिका खेल्न सक्ने बताए। उनले प्रदेश सरकारमा जान इच्छुक नभएपनि बाध्यताले जानुपरेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै