2026-10-19 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल

2026-08-18

काठमाडौँ | नेकपाका सहसंयोजक माधव नेपालले नेपाली कांग्रेसका कतिखेर विभाजित हुने ठेगान नभएको टिप्पणी गरेका छन्। बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेभित्र पनि बिजोग अवस्था रहेको बताए। उनले नेपालको राजनीतिमा अहिले आफ्नो पार्टीको भूमिका अझ विशेष महत्त्वपूर्ण रहेको बताए।

उनले भने, ‘कांग्रेस पार्टी कतिखेर विभाजित हुने हो ठेगान छैन। एमाले पार्टीको के हुने होरु ती हुल्याहाहरू, आवाराहरूले के–के गर्न थाले भनेर सुन्नमा आइरहेको छ। त्यहाँको पनि बिजोग छ। राप्रपा पार्टी पनि फुटिसकेको स्थितिमा पुगेको छ।’

उनले मधेशवादी दल आफ्नो अस्तित्व जोगाउनका लागि नै अप्ठ्यारो अवस्थामा पुगिसकेको बताए। उनले भने, ‘यो सबै अवस्थाभित्र अहिले हाम्रो पार्टीको काँधमा गम्भीर जिम्मेवारी पनि आएको छ। यस पटकको चुनावमा हामीले धेरै सिट त जित्न सकेनौँ। शक्तिको हिसाबले चौथो नम्बर शक्तिमा मात्रै हामी रह्यौँ। तर हाम्रो पार्टीका संयोजकले जित्नुभएको छ। संसद्मा उहाँले भूमिका खेल्न सक्नुहुन्छ।’

राष्ट्रिय राजनीतिमा पनि नेकपाले भूमिका खेल्न सक्ने बताए। उनले प्रदेश सरकारमा जान इच्छुक नभएपनि बाध्यताले जानुपरेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ