2026-10-02 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा

2026-08-20

काठमाडौँ | नवगठित जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको बताएका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र पेस गर्दै सभापति राणाले यस्तो बताएका हुन् ।

‘राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ’, राणाको कार्यपत्रमा भनिएको छ, ‘त्यसैले राष्ट्र, राष्ट्रियताकाे महत्त्व उजागर गर्न,नेपालको गौरवमय विरासत निरन्तर राख्न, तथा राष्ट्रवादको एजेन्डा बचाउन र बढाउन जय नेपाल पार्टीको छातामुनि हामी गोलबद्ध हुनुपर्ने ऐतिहासिक अवसर सिर्जना भएको छ ।’

सभापति राणाले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रका बलियो जगमा उभिएर देश र जनताको मुद्दा र एजेन्डा इमानदारीका साथ अघि बढाउनु अपरिहार्य भएको पनि बताएका छन् । ‘जसअनुरूप, राष्ट्रियता र एकताको आधार संवर्द्धन गर्दै, ऐतिहासिक विरासत नयाँ पुस्ता र भावी पुस्तामा सुरक्षित हस्तान्तरण गर्न हामी प्रतिबद्ध छौँ’, राणाले भनेका छन् ।

उनले आफ्नो पार्टीले शान्त, समुन्नत, आत्मनिर्भर र सभ्य नेपाल निर्माण गर्ने पवित्र लक्ष्य तय गर्न, स्पष्ट नीति र कार्ययोजनाको बलमा द्रुततर गतिमा सङ्गठन निर्माण गर्ने दाबी समेत गरेका छन् । ‘जनअपेक्षालाई ऊर्जा र प्रेरणाको स्रोत मान्ने छाैँ र जे भन्छौँ त्यही कुरा व्यवहारमा लागू गर्नेछौँ’, राणाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता