2026-11-28 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा

2026-08-20

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित दोलखाका लोकनायकहरू पुस्तक विमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्षको लागि सरकार चलाउन जनताबाट म्याण्डेड लिएर आएकोले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए। पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको पनि उनले जानकारी दिए। उनले विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि लैजाने बताए। उनले नयाँ राजनीतिक शक्तिहरूलाई पनि पुराना दलहरूले गरेको गल्ती र भोगेको संकट नदोहोर्‍याउन सुझाव दिए। उनले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे। विगतमा कांग्रेस–एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनको भनाइ छ। दुईतिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उनले बताए।

लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने उनको भनाइ छ। सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उनले बताए। उनले भने, ‘हामी एकैपटक माथि मात्रै हेर्यौं, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पुर्‍याउन सक्दैन। हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ। नयाँ साथीहरूले पनि उहाँहरूले नभोगेको कुरा हामीले भोग्यौँ नि त बाबा। हामीले भोगेको कुरा किन तपाईंहरू भोग्नुहुन्छ फेरि? तपाईंहरू त नभोग्नुस्। म त म त बारम्बार भनिरहेको छु, मज्जाले अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस् अब। नेपालले थेग्न सक्दैन।’

उनले अगाडि भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित जितेर आएको छ, ५ वर्ष उहाँहरूले नेतृत्व गर्नेछ। एकैचोटि अर्को ५ वर्षपछि चुनाव गर्ने, हामीले राम्रो उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ नि त हामी। नयाँ सोचका साथ आउँछौँ, नयाँ चिन्तनका साथ आउँछौँ, नयाँ साथीहरू जोड्छौँ। हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउने। नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुस्। तर पोलिटिकल एड्भेन्चर नगर्नको लागि नागरिकहरूको निरन्तरको साथ हामी सबैलाई चाहिएको छ। तपाईंहरूलाई पनि चाहिएको छ, हामीलाई पनि चाहिएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ