2026-10-01 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु

2026-08-21

काठमाडौँ | काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा गम्भीर घाइते भएका २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई हाल सोही होस्टलमा बस्दै आएका वसन्त कालाथोकी रहेका छन्।

प्रहरीका अनुसार होस्टलमा भएको विवादका क्रममा कालाथोकीमाथि बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए।

घटनामा टाउको र घाँटीमा गम्भीर चोट लागेपछि कालाथोकीलाई तत्काल काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको अवस्था थप गम्भीर बनेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अर्का आरोपित प्रमित पटेल भने घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। होस्टलमा झगडा सुरु हुनुको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको कारण, झगडामा संलग्न अन्य व्यक्तिहरू तथा घटनामा प्रयोग भएको धारिलो हतियारबारे समेत थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता