2026-10-02 09:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का

2026-08-22

काठमाडौँ | नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टीका सभापति गगनकुमार थापाको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। खड्काले वि.सं. २०८२ को राजनीतिक परिदृश्य प्रस्तुत गर्दै थापाको नेतृत्व क्षमता र नियतमाथि प्रश्न उठाएका हुन्। उनले बीपी कोइरालाको सफल ऐतिहासिक नेतृत्व र गगन थापाको असफल नेतृत्वको तुलना गरेका छन् । ‘वि.सं.२०१४ सालमा बीपी कोइराला विशेष महाधिवेशनबाट सभापति बनेपछि सबैलाई समेटेर पार्टी एकताबद्ध बनाए,’ खड्काले भने, ‘त्यसैको परिणामस्वरूप २०१५ सालमा कांग्रेसले १०९ मध्ये ७४ सिट जितेर दुई तिहाइ नजिकको सरकार बनायो।’

यसको ठिक विपरीत वि.सं.२०८२ पुसमा जबरजस्ती विशेष महाधिवेशन गरेर गगन थापा सभापति बन्ने र पार्टीले लज्जास्पद हार बेहोरेको उनले बताए। ‘निर्वाचन परिणामको जिम्मेवारी लिँदै सभापतिले राजीनामा दिएको भनिए पनि पछि ठोस कारणबिनै फिर्ता लिइयो,’ उनले लेखेका छन् । खड्काले वर्तमान नेतृत्वले आफू पद लिने तर दोष जति अरूलाई लगाउने प्रवृत्ति देखाएको आरोप लगाए। मीठो बोल्नु मात्र नेतृत्वको गुण नभएको स्पष्ट पार्दै उनले सामाजिक सञ्जाल र मिडियाको भरमा मात्र पार्टी नचल्ने दाबी गरे। ‘सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन,’ उनले भने, ‘केही सञ्चारमाध्यममा आफ्नो समर्थन जुटाउँदैमा र फरक विचार राख्नेमाथि प्रहार गर्दैमा सङ्गठन बन्दैन।’ कांग्रेस जस्तो पार्टी सङ्गठनको बल, कार्यकर्ताको विश्वास र जनताको मतले मात्र बलियो हुने उनको ठहर छ।

कुशल नेतृत्वले सबैलाई साथमा लिएर हिँड्नुपर्ने धारणा राख्दै खड्काले सभापति शेरबहादुर देउवाको उदाहरण दिए। आफ्नो पक्षलाई मात्र बलियो बनाउनुभन्दा सबैलाई समेट्ने कला देउवाबाट सिक्न सकिने उनले सुझाए। बारम्बार महाधिवेशनको चर्चा गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले महाधिवेशनको वास्तविक अर्थ सङ्गठनभित्रको लोकतन्त्र र सबैको सम्मान भएको उल्लेख गरे। खड्काले थापालाई दुईमध्ये एक बाटो रोज्न चुनौती दिए। ‘म सबैलाई मिलाउन सक्दिनँ भनेर आफ्नो सीमितता स्वीकार गर्नुपर्छ,’ खड्काले सुझाव दिए, ‘अन्यथा सबै पक्षलाई समेटेर पार्टीलाई बलियो र एकताबद्ध बनाउनुपर्छ।’ कुर्सी प्राप्त गर्नु मात्र नेतृत्व नभई इतिहासको जिम्मेवारी पूरा गर्नु नै वास्तविक नेतृत्व भएको उनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता