2026-10-02 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल

2026-08-22

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताएका छन्। पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा पुँजीपति वर्गको मात्रै प्रतिनिधि भएकाले रास्वपा नेकपाको मुख्य प्रतिद्वन्द्वी रहेको बताएका हुन्।

‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौं। अब अहिले यो संसदीय व्यवस्था छ। संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौं, हिजो नेपाली कांग्रेस थियो एकबेलामा,’ उनले भने।

नेता खनालले रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाए। ‘उसले व्यापक दमन–मर्दन सुरु गरेको छ। उसले लिएको नीति कार्यक्रम तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन। सबै माथिल्लो वर्गको हितमा छ। बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ,’ उनले भने। नेता खनालले अगाडि भने, ‘यी कर भारहरु हेर्नुस्, यति धेरै कर भारहरु अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ। त्यसो हुनाले यतिबेलाको अवस्थामा वर्गीय रुपले यो मुख्य प्रतिद्वन्द्वी शक्तिको रुपमा चाहिँ हाम्रासामु आएको छ।’

त्यसकारण सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने र नयाँ ढंगले समाजवादी क्रान्ति र रूपान्तरणको आन्दोलन अगाडि बढाउनुपर्ने उनले बताए। विगतका कमी कमजोरी सच्याएर अगाडि बढेमा कम्युनिस्ट पार्टीले सफलता हासिल गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता