2026-09-18 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

2026-08-24

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित ‘लाल आयोग’ को प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । विगत लामो समयदेखि राजनीतिक दलहरूले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन नगरेको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा यस पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

थापाले २०७३ सालमा गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्य तथ्य ओझेलमा परेको र पीडितहरूले न्याय पाउन नसकेको उल्लेख गरेका छन् । ‘२०७४ सालदेखि लगभग हरेक वर्ष यसरी नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ,’ थापाले लेखेका छन्, ‘हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौँ, तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न सकेनौँ ।’अब एक दशक बित्न लागिसकेको स्मरण गराउँदै उनले विगतका कमजोरीलाई आज प्रतिवेदन नरोक्ने बहाना बनाउन नहुनेमा जोड दिएका हुन् । ‘विगतका सरकारबाट पनि यो काम हुन सकेन, तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन,’ उनले लेखेका छन्, ‘यस पटक यो विषय प्रतिवद्धतामा मात्र सीमित नहोस् ।’

थापाले नागरिकको सत्य जान्ने अधिकार र पीडितको न्याय पाउने अधिकारलाई सम्मान गर्दै प्रधानमन्त्री कार्यालयलाई थप विलम्ब नगरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् । २०७२ सालको मधेस आन्दोलनका क्रममा भएका दमन र हिंसाको सत्य तथ्य छानबिन गर्न सरकारले २०७३ असोजमा लाल आयोग गठन गरेको थियो । आयोगले २०७४ मङ्सिरमा सरकारलाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म कुनै पनि सरकारले यसलाई सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई