2026-09-18 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग

2026-08-24

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदन र सरकारमा महिलाको सहभागिता ऐतिहासिक भए पनि महिलामाथिको हिंसा र प्रहार रोकिएको अवस्था नरहेको बताइन्।

उनले घर–परिवार, यातायात, सडक, सामाजिक सञ्जालदेखि संसदसम्म महिलामाथि हुने पीडादायी घटनाबारे सबै जानकार रहेको बताइन्। उनले भनिन्,जन्मिनुअघि नै छोरी भनेर आमाको पेटमा नै हत्या हुन्छ। जन्मिएर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन्। बाँचेर हिँडडुल गर्ने उमेर पुग्दा निर्मला पन्त बन्छिन्। सबैबाट बचेर बिहे भएर भित्रिँदा दाइजोको नाममा पीडित हुन्छिन् र श्रीमान्बाटै काटिन्छिन्।’

क्षेत्रीले छोरी हुनु नै पापजस्तो बनाइएको भन्दै महिलाले संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताइन्। ‘एउटा छोरीलाई छोरी हुनु नै पाप जस्तो बनाइएको छ। हामीले संविधान मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने?’उनले भनिन् ।

उनले सबै अपराधको प्रकृति र गम्भीरता एउटै नहुने भन्दै अपराधको गम्भीरताका आधारमा सजायको व्यवस्था हुनुपर्ने बताइन्। उनले भनिन्,‘सबै अपराधको प्रकृति र गम्भीरता एउटै हुँदैन। एउटा पकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन।’ क्षेत्रीले प्रमाणित बलात्कारी तथा जघन्य महिला हिंसाका अपराधीलाई कडा कानुनी सजायको व्यवस्था गर्न माग गरिन्। यस्तो सजायले अपराध गर्ने सोच नै जन्मिन नदिने गरी कानुन बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई