2026-10-19 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं

2026-08-25

काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंले खानतलासीका नाममा प्रहरीले आफूलाई अधिक दुःख दिएको बताएका छन् । नजरबन्दविरुद्ध रिटको सुनुवाइमा सर्वोच्चमा उपस्थित प्रसाईंले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्।आफूले इजलास समक्ष प्रहरीले आफ्नो घरबाट खसी कुखुरा समेत जफत गरेको तथ्य पेस गरेको उनले बताए ।

”खानतलासीको नाममा ज्यादती भएको छ । मोबाइल, ल्यापटप मात्रै होइन खुकुरा, खसी पनि लगिएको छ । फिर्ता भएको छैन । खसी र कुखुरामाथि कस्तो अनुसन्धान हुन्छ? मैले इजलासमा प्रश्न गरेको छु,” उनले भने ।

प्रहरी खटाएर सरकारले आफूलाई नजरबन्द गरेको जिकिर आफूले इजलासमा गरेको उनले बताए । ”प्रहरीले मलाई नजरबन्द गरेको होइन भनेको छ । यदि त्यसो होइन भने मेरो घरमा बारम्बार प्रहरीले पठाएर मलाई बाहिर निस्किन किन दिइँदैन । यदि त्यो नजरबन्द होइन भने मलाई भीआईपी सुविधा दिँदै सरकारले प्रहरीले परिचालन गरेको भनोस्,” उनले भने ।

सरकारको आलोचना र राष्ट्रियताको पक्षमा बोलेकै कारण आफूमाथि राज्यले पटक-पटक ज्यादती गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ