2026-09-18 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल

2026-08-26

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा फेसबुकमा अपिल जारी गर्दै सभापति लामिछानेले पार्टीका नेता, सदस्य र शुभेच्छुकहरूलाई यस्तो कठिन समयमा संयमित र जिम्मेवार भएर अघि बढ्न आग्रह गरे। उनले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरे।

विपद्का बेला सूचनाको आधिकारिकतामा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले सरकारी निकाय, स्थानीय प्रशासन र विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन आग्रह गरे। ‘यस संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाऔँ, उनले भने। गलत सूचनाले उद्धार कार्यमा कठिनाइ ल्याउने र नागरिकमा अनावश्यक त्रास फैलाउने उनले बताए।

लामिछानेले रास्वपाका स्थानीयदेखि केन्द्रीय तहसम्मका सबै कार्यकर्ताहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय हुन निर्देशन दिएका छन्। विपद्को घडीमा सबैको एउटै प्राथमिकता नागरिकको जीवन रक्षा र मानवीय सहयोग हुनुपर्नेमा उनले जोड दिए। प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले सबैलाई सुरक्षित रहन र एक अर्कालाई सहयोग गर्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई