2026-09-18 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी

2026-08-26

काठमाडौँ | रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बगाएका ७ जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। पछिल्लो विवरणअनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट ३ तथा धादिङबाट ४ जनाको शव फेला परेको छ। बाढीले बगाएका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिएका छन्।

तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै नुवाकोट हुँदै धादिङतर्फ पुगेको हो। बाढीले नदी आसपासका बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली उद्धार तथा खोजीमा परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टर तथा मेडिकल टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको छ भने नुवाकोट, धादिङलगायतका क्षेत्रमा सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्।

प्रशासनले त्रिशूली नदी आसपासका जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिम देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई