2026-10-19 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी

2026-08-26

काठमाडौँ | रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बगाएका ७ जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। पछिल्लो विवरणअनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट ३ तथा धादिङबाट ४ जनाको शव फेला परेको छ। बाढीले बगाएका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिएका छन्।

तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै नुवाकोट हुँदै धादिङतर्फ पुगेको हो। बाढीले नदी आसपासका बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली उद्धार तथा खोजीमा परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टर तथा मेडिकल टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको छ भने नुवाकोट, धादिङलगायतका क्षेत्रमा सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्।

प्रशासनले त्रिशूली नदी आसपासका जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिम देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ