2026-09-18 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभाको बैठक शुरू

2026-08-26

काठमाडौँ | प्रतिनिधि सभाको बैठक शुरू भएको छ । बैठक एक घण्टा ढिला गरी दिउँसो २ बजे शुरू भएको हो । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शुरूआतमै बोल्दै विपद्मा सरकार र सबै दलहरू एक जुट भएको बताएका छन् । उनले बाढीपीडितको उद्धारमा तदारुकता देखाउन जोड दिएका छन् । उनले निर्बलहरूको शक्ति भनेको राज्य भएकाले सरकारले उद्धार र राहत वितरणमा जोड दिन आग्रह गरेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको बताइए पनि प्रधानमन्त्री वालेन्द्र साह संसद बैठकमा पुगेका छैनन् । त्यस्तै गृहमन्त्रीसमेत बैठकमा पुगेर बाढीका बारेमा जानकारी दिनुपर्नेमा उनीसमेत बैठकमा उपस्थित छैनन् । सांसद केसीले गृहमन्त्रीलाई उपस्थित भएर जवाफ दिनसमेत माग गरेका छन् ।

नेपाली कांग्रे‍सका सांसदले रसुवामा यो विपद् यो शताब्दीकै सबैभन्दा ठूलो भएको भन्दै यथाशक्य छिटो उद्धारमा लाग्न सरकारसँग आग्रह गरेका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूबाट सोधिने प्रश्नहरूको प्रधानमन्त्री साहले सम्बोधन गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा प्रधानमन्त्री साहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) समेत प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनमा प्रस्तुत गर्नेछन्। यसैबीच, आज संसद् अन्तर्गतका विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति र प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई