काठमाडौँ | रसुवाको भोटेकोशीमा आएको बाढीका कारण आन्तरिक तथा वाह्य पर्यटक गरी ३८४ जना सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डले सो तथ्यांक अघि सारेको हो । बोर्डका अनुसार, सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् ।