2026-09-18 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले

2026-08-27

काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले उद्धार कार्यलाई तीव्रता दिएको बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले २२ वटा हेलिकप्टरले खोज तथा उद्धारको कार्य गरिरहेको बताए। उनले भूगोल र मौसमले साथ दिएसम्म उद्धारका गतिविधि हुने बताए।

उनले भने, ‘उद्धार र राहतको चरणपछि प्रारम्भिक पुनरुत्थानको चरण आउँछ। त्यसपछि अलि दीर्घकालीन, मध्यकालीन रूपमा चाहिँ हामीले पुनर्निर्माणकै विषयहरूलाई पनि छुनुपर्ने हुन्छ।’

उनले सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम पनि गरिसकेको बताए। उनले भने, ‘हामीले विश्व बैङ्कसँग कुरा गरेर करिब २५ अर्ब रुपैयाँ जतिको आर्थिक सहायता जुटाएका थियौँ। चीन सरकारबाट, भारत सरकारबाट, जापान सरकारबाट, एसियाली विकास बैङ्कबाट पनि सहयोग जुटाउने काम भइरहेको छ।’

उनले राष्ट्रिय सङ्कटका घडीमा सबै एक ठाउँमा आएर समाधान दिने एउटा नेपाली राजनीतिक चरित्र पनि बन्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई