2026-09-18 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा

2026-08-27

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिको समयमा राज्यसँग उपलब्ध नियमित स्रोत-साधनबाहेक निजी क्षेत्र, राजनीतिक दल तथा सामाजिक संघसंस्थासहित सबै शक्तिलाई परिचालन गर्नुपर्ने बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विपत्तिमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने बताए। उनले अहिलेको प्राथमिकता अझै पनि खोज, उद्धार र तत्काल राहत नै रहेको बताए।

उनले भने, ‘सरकारसँग भएका स्रोत साधनले मात्र ठूलो प्राकृतिक विपत्तिको सामना गर्न सम्भव हुँदैन। सबै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्थालाई राज्यको शक्तिका रूपमा लिएर परिचालन गर्नुपर्छ।’

राजनीतिक दलका कार्यकर्तालाई पार्टीको झन्डा वा पहिचानभन्दा माथि उठेर स्वयंसेवीका रूपमा परिचालित हुन आग्रह गरे। उनले भने, ‘गृहमन्त्रीले विपद्ग्रस्त क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खोज र उद्धारका निम्ति परिचालित गरिदिनुपर्‍यो भन्नुभयो। आआफ्नो पार्टीभित्र विपद्का संरचनाहरू बनाएका छौँ, ती संरचनाहरू सरकारसँग समन्वय गरिकन अगाडि बढ्छौँ।’

कोभिडलगायतका विपत्तिका समयमा कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको भन्दै यसपटक त्योभन्दा बढी सहयोग गर्न सकिन्छ कि भनेर छलफल भइरहेको बताए। पार्टीका विभिन्न संयन्त्रसँग छलफल गरेर एकमुष्ट रूपमा एक दुई दिनभित्रमा सरकारको राहत कोषमा सहयोग गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई