2026-09-18 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह

2026-08-28

काठमाडौँ | बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने व्यक्ति तथा समूहका कारण उद्धारमा खटिएका सरकारी टोलीलाई नै समस्या हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले समन्वयबिना प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रधानमन्त्रीको सचिवालयले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वितरण तथा उद्धारमा सहभागी हुन आग्रह गरेको हो ।

सचिवालयका अनुसार निजी सवारी साधनमा थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा सवारी साधनको चाप अत्यधिक बढेको छ । यसले आपत्कालीन सेवाका सवारी साधनलाई समेत प्रभावित बनाएको सूचनामा उल्लेख छ । एम्बुलेन्सलाई बाटो खुलाउन कठिन भइरहेको र सरकारका मुख्य उद्धार टोली तथा प्राथमिकतामा रहेका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जोखिमपूर्ण भूगोलमा आवश्यक तयारी र जानकारीबिना पुग्दा राहत वितरण गर्न जानेहरूकै सुरक्षामा समेत खतरा बढेको सचिवालयको भनाइ छ । प्रधानमन्त्री सचिवालयले बाढीपीडितलाई सहयोग गर्ने सबैको सद्भावको कदर गर्दै राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन राज्यका आधिकारिक संयन्त्रमार्फत सहकार्य गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई