2026-09-28 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र

2026-08-31

काठमाडौँ | भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ ।

त्यसक्रममा सुरुङभित्रको भाग हिलो माटोले पुरिएको पाइएको र त्यहाँबाट दुई वटा शव सङ्कलन गरिएको सेनाले जनाएको छ । माथिल्लो त्रिशूली–१ मा टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव सङ्कलन गरिएको छ । यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ । त्रिशूली–३ ‘ए’ मा आज बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो ।

त्यहाँ दुई वटा एक्स्काभेटरमार्फत १० मिटर मुनि प्वाल बनाउने, सुरुङभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने काम जारी छ । बाढीबाट प्रभावित क्षेत्रका जङ्ल, डाँडा, खोला र वस्ती इलाकामा उद्धारको आवश्यकता मूल्याङ्कन गर्न पैदल गस्ती जारी रहेको निर्देशनालयले जनाएको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार स्याफ्रुबेँसी इलाकामा राहत तथा रासन वितरणसँगै लाङटाङ हाइड्रो इलाकामा निरीक्षण गरिएको छ । रसुवाको धुन्चे र नुवाकोटको त्रिशूलीमा सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्रमा हालसम्म दुई हजार ६३२ ले स्वास्थ्य सेवा लिएका छन् । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ९०० भन्दा बढी फौज परिचालित भएका छन् ।

सुरक्षा फौजले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन एवम् आपतकालीन उपचारलाई जारी राखेका छन् । हालसम्म करिब २३ हजार १९४ किलो राहत सामग्री धुन्चेलगायत प्रभावित इलाकामा हेलिकप्टरबाट ढुवानी गरिएको सेनाले जनाएको छ । यही भदौ १० देखि आजसम्म सेनाले ३३८ विदेशीसहित कुल तीन हजार ५९६ जनाको उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै