2026-10-19 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र

2026-08-31

काठमाडौँ | भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ ।

त्यसक्रममा सुरुङभित्रको भाग हिलो माटोले पुरिएको पाइएको र त्यहाँबाट दुई वटा शव सङ्कलन गरिएको सेनाले जनाएको छ । माथिल्लो त्रिशूली–१ मा टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव सङ्कलन गरिएको छ । यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ । त्रिशूली–३ ‘ए’ मा आज बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो ।

त्यहाँ दुई वटा एक्स्काभेटरमार्फत १० मिटर मुनि प्वाल बनाउने, सुरुङभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने काम जारी छ । बाढीबाट प्रभावित क्षेत्रका जङ्ल, डाँडा, खोला र वस्ती इलाकामा उद्धारको आवश्यकता मूल्याङ्कन गर्न पैदल गस्ती जारी रहेको निर्देशनालयले जनाएको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार स्याफ्रुबेँसी इलाकामा राहत तथा रासन वितरणसँगै लाङटाङ हाइड्रो इलाकामा निरीक्षण गरिएको छ । रसुवाको धुन्चे र नुवाकोटको त्रिशूलीमा सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्रमा हालसम्म दुई हजार ६३२ ले स्वास्थ्य सेवा लिएका छन् । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ९०० भन्दा बढी फौज परिचालित भएका छन् ।

सुरक्षा फौजले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन एवम् आपतकालीन उपचारलाई जारी राखेका छन् । हालसम्म करिब २३ हजार १९४ किलो राहत सामग्री धुन्चेलगायत प्रभावित इलाकामा हेलिकप्टरबाट ढुवानी गरिएको सेनाले जनाएको छ । यही भदौ १० देखि आजसम्म सेनाले ३३८ विदेशीसहित कुल तीन हजार ५९६ जनाको उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ