2026-09-28 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन

2026-08-31

काठमाडौँ | भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा गएको पहिरोबाट भएको मानवीय क्षतिको विवरण थप भयावह देखिएको छ। नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेसम्म विभिन्न जिल्लामा गरी ९२१ जनाको शव फेला परेको छ।

सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २७९, नवलपरासी पूर्वमा २१२, नवलपरासी पश्चिममा १५८, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, तनहुँमा ३७ र रसुवामा २३ शव फेला परेका छन्। उक्त विवरणमा विभिन्न मानव अंगसमेत समावेश गरिएको जनाइएको छ। यस्तै, विपद्का कारण करिब ४ हजार १४१ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सम्पर्कविहीनमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना रहेका छन्।

यसैगरी रसुवामा करिब ८६५, नुवाकोटमा करिब १ हजार ५५८ जना सम्पर्कविहीन रहेको विवरण छ। त्यस्तै, करिब ५१७ विदेशी नागरिक, विदेशमा बस्ने नेपाली नागरिकमध्ये नेपाल घुम्न आएका करिब १६४ जना तथा जलविद्युत् आयोजनासँग सम्बन्धित करिब ९३३ जना सम्पर्कविहीन रहेको उल्लेख छ। विपद्मा परी २६७ जना घाइते भएका छन्। घाइतेमध्ये केही उपचाररत रहेका छन् भने केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना समेत घाइते भएको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै