2026-10-19 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन

2026-08-31

काठमाडौँ | भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा गएको पहिरोबाट भएको मानवीय क्षतिको विवरण थप भयावह देखिएको छ। नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेसम्म विभिन्न जिल्लामा गरी ९२१ जनाको शव फेला परेको छ।

सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २७९, नवलपरासी पूर्वमा २१२, नवलपरासी पश्चिममा १५८, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, तनहुँमा ३७ र रसुवामा २३ शव फेला परेका छन्। उक्त विवरणमा विभिन्न मानव अंगसमेत समावेश गरिएको जनाइएको छ। यस्तै, विपद्का कारण करिब ४ हजार १४१ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सम्पर्कविहीनमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना रहेका छन्।

यसैगरी रसुवामा करिब ८६५, नुवाकोटमा करिब १ हजार ५५८ जना सम्पर्कविहीन रहेको विवरण छ। त्यस्तै, करिब ५१७ विदेशी नागरिक, विदेशमा बस्ने नेपाली नागरिकमध्ये नेपाल घुम्न आएका करिब १६४ जना तथा जलविद्युत् आयोजनासँग सम्बन्धित करिब ९३३ जना सम्पर्कविहीन रहेको उल्लेख छ। विपद्मा परी २६७ जना घाइते भएका छन्। घाइतेमध्ये केही उपचाररत रहेका छन् भने केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना समेत घाइते भएको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ