2026-09-28 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली

2026-08-31

काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोसीमा आएको बाढीलाई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताएका छन् । सोमबार (भदौ १५) पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उनले भोटेकोसीको बाढीले विश्वव्यापी वातावरणीय संकट र हिमालको भविष्य संकटमा रहेको संकेत दिएको बताए ।

“ग्लोबल फेनोमेनन र इन्भारोमेन्टल फेनोमेननमा यो एउटा गम्भीर धक्का दिएको हो । वार्निङ हो भनेर बुझ्नुपर्दछ,” ओलीले भने, “यस वार्निङलाई त्यसैगरी बुझ्न म ग्लोबल समुदायलाई आग्रह गर्न चाहन्छु ।” रसुवाको भोटेकोसीमा आएको बाढीको घटनालाई ‘ग्लोबल फेनोमेनन’ र ‘इन्भारोमेन्टल फेनोमेनन’का रूपमा बुझ्न विश्व समुदायलाई उनले आग्रह गरे । नेपालले जलवायु तथा वातावरणीय संकटलाई केन्द्रमा राखेर तत्काल सगरमाथा संवाद आयोजना गर्नुपर्ने उनको भनाइ छ । “मलाई लाग्छ नेपालले फेरि एकपटक यो विषयलाई केन्द्रमा राखेर सगरमाथा संवादको अविलम्ब आयोजना गर्नुपर्दछ,” ओलीले भने ।

भोटेकोसी बाढीलाई दृष्टान्त बनाएर विश्वव्यापी वातावरणीय समस्या, पारिस्थितिक प्रणालीमा देखिएको खतरा, ग्लोबल वार्मिङ र हिमालको भविष्यबारे विश्वका नेता, वैज्ञानिक तथा विज्ञहरूबीच तत्काल छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । “यी चीजहरूमाथि एउटा विश्वका नेताहरू र वैज्ञानिकहरू, विज्ञ, विशेषज्ञहरू जम्मा गरेर अविलम्ब एउटा गोष्ठी गर्नुपर्छ,” ओलीले भने, “बाढी त फेरि पनि आउँछ, आइरन्छ । फेरि पनि यो कुरा दोहोरिन सक्छ । यहाँ दोहोरिएन भने अर्को ठाउँमा दोहोरिन्छ ।”

हिमालको भविष्य नै विश्वव्यापी पारिस्थितिक प्रणालीको भविष्य भएकाले त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै