2026-10-19 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली

2026-08-31

काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोसीमा आएको बाढीलाई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताएका छन् । सोमबार (भदौ १५) पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उनले भोटेकोसीको बाढीले विश्वव्यापी वातावरणीय संकट र हिमालको भविष्य संकटमा रहेको संकेत दिएको बताए ।

“ग्लोबल फेनोमेनन र इन्भारोमेन्टल फेनोमेननमा यो एउटा गम्भीर धक्का दिएको हो । वार्निङ हो भनेर बुझ्नुपर्दछ,” ओलीले भने, “यस वार्निङलाई त्यसैगरी बुझ्न म ग्लोबल समुदायलाई आग्रह गर्न चाहन्छु ।” रसुवाको भोटेकोसीमा आएको बाढीको घटनालाई ‘ग्लोबल फेनोमेनन’ र ‘इन्भारोमेन्टल फेनोमेनन’का रूपमा बुझ्न विश्व समुदायलाई उनले आग्रह गरे । नेपालले जलवायु तथा वातावरणीय संकटलाई केन्द्रमा राखेर तत्काल सगरमाथा संवाद आयोजना गर्नुपर्ने उनको भनाइ छ । “मलाई लाग्छ नेपालले फेरि एकपटक यो विषयलाई केन्द्रमा राखेर सगरमाथा संवादको अविलम्ब आयोजना गर्नुपर्दछ,” ओलीले भने ।

भोटेकोसी बाढीलाई दृष्टान्त बनाएर विश्वव्यापी वातावरणीय समस्या, पारिस्थितिक प्रणालीमा देखिएको खतरा, ग्लोबल वार्मिङ र हिमालको भविष्यबारे विश्वका नेता, वैज्ञानिक तथा विज्ञहरूबीच तत्काल छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । “यी चीजहरूमाथि एउटा विश्वका नेताहरू र वैज्ञानिकहरू, विज्ञ, विशेषज्ञहरू जम्मा गरेर अविलम्ब एउटा गोष्ठी गर्नुपर्छ,” ओलीले भने, “बाढी त फेरि पनि आउँछ, आइरन्छ । फेरि पनि यो कुरा दोहोरिन सक्छ । यहाँ दोहोरिएन भने अर्को ठाउँमा दोहोरिन्छ ।”

हिमालको भविष्य नै विश्वव्यापी पारिस्थितिक प्रणालीको भविष्य भएकाले त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ