2026-09-28 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

2026-08-31

काठमाडौँ | कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा बाढी प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बाट मात्रै २९ टन खाद्य सामग्री उपलब्ध भएको जनाइएको छ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित क्षेत्रमा पठाइएको हो।

खाद्य सामग्री सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको हो। बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन खाद्यान्नसहितका अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री चौधरीले विपद्बाट प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति र व्यवस्थापनलाई प्राथमिकतामा राख्नुभएको छ।

बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न राहत सामग्रीको आपूर्ति तथा वितरणलाई थप प्रभावकारी बनाउने पहल भइरहेको जनाइएको छ। गत बुधबार भोटेकोशीमा आएको बाढीका कारण मानवीयसँगै भौति ठुुलो क्षति पुुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै