2026-09-28 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला

2026-09-01

काठमाडौँ | चीनबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले तीन जिल्ला निकै प्रभावित भएका छन् । बाढीबाट नुवाकोट,रसुवा र धादिङ जिल्ला प्रभावित भएका छन्। नुवाकोटमा रहेका नदी किनारा र आसपासका धेरै बस्ती बगाएको छ । बाढीले हताहत भएकाहरूको खोजी भइरहेको छ । बाढीपछि नुवाकोटका एकहजार आठसय ४८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुई हजार नौ सय ९२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

घाइते ३ जनाको उपचार भइरहेको छ । बाढीले नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा रहेको दुईवटा पक्की पुल बगाएपछि सडक सम्पर्कविच्छेद भएको छ । त्रिदेशीय मार्ग अन्र्तगत गल्छी–देवीघाट–बिदुर–वेत्रावति सडक पहिरोले ठाउँ/ठाउँमा बगाएको डीएसपी हवारीले बताए । पुरिएका बाटो तथा घर टहरा सुरक्षित रुपमा खोतल्ने काम भइरहेको छ । बाढीले नुवाकोटको चार स्थानीय तहको नदी किनारामा रहेका ठूला बस्तीहरू बगाएको छ । बिदुर र वेलकोटगढी नगरपालिका,किस्पाङ र तारकेश्वर गाउंपालिकाका नदी तटीय बस्ती बगाएको हो ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित शान्तिबजार,बेत्रावती,सोले,तुप्चेफांट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट बजार, बुधसिङघाट, महादेवफाँट किनारा, तारुकाघाट, केउरेनी, कोल्पुटारफाँटमा ठूलो क्षति गरेको छ । भीमकाय अकल्पनीय बाढीले गरेको जनधनको क्षतिको सरकारी निकायले तथ्यांक संकलन गर्ने कार्य गरिरहेको छ । बाढीले त्रिशूली नदीको किनारामा रहेको नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै स्थानमा २२ जनाको शव फेला पारेको प्रहरी नायव उपरीक्षक हवारीले जानकारी दिए। उनका अनुसार फेला परेकामध्ये ६ जनाको शव हेलिकोप्टरमार्फत् निकालिसकिएको र बाँकी शव संकलन गर्ने कार्य भइरहेको छ ।

डीएसपी हवारीका अनुसार एकै घरभित्र २२ जनाको शव फेला परेको र त्यसको विवरण संकलन कार्य भइरहेको छ । नुवाकोट र रसुवाको सिमा नपुग्दै नुवाकोटको बेत्रावतीस्थित घरमा ती शवहरू फेला परेका हुन् । होटेल हो वा अन्य के हो? विवरण संकलन गर्ने कार्य भइरहेको हवारीले बताए । गोसाइँकुण्ड मेलाको क्रममा तीर्थयात्रीहरू होटेलमा खाना खान वा बास बसेको स्थानमा सो घटना भएको बिदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै