2026-09-28 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग

2026-09-01

काठमाडौँ | स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि रु १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

ऊर्जा उद्यमीहरूले आआफ्नो तर्फबाट पनि सो रकम हस्तान्तरण गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको कारणले जलविद्युत् परियोजना भौगोलिक तथा विपद्का समस्या भोग्नुपरेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विपद्मा परेको बेला राज्यलाई आर्थिक सहयोग गरेर सङ्कटको घडीमा साथसाथै रहेको भावना विकास गर्न सकेको बताउनुभयो । इप्पानका अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरू सङ्कटको घडीमा राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको बताउँदै पीडितको घाउमा मलम लगाउने प्रयास गरेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले ऊर्जा उद्यमीहरू आफैँ सङ्कटमा परेको बेला आर्थिक सहयोग गरेर सह्रानीय काम गरेको बताउनुभयो । इप्पानका निर्वतमान अध्यक्ष तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका सल्लाहकार गणेश कार्कीले बाढीले प्रभावित जलविद्युत् आयोजनाको उद्धारको लागि इप्पानको तर्फबाट प्राविधिक सहयोग गर्दै आइरहेको स्मरण गराउनुभयो । राहत कोषमा उक्त रकम जम्मा गर्नेहरूमध्ये मोहनविक्रम कार्की समूहले एक करोड ६५ लाख र हिमप्रसाद पाठक तथा समूहले एक करोड ५१ लाख, पुष्पज्योति ढुङ्गाना तथा समूहले एक करोड सात लाख ७७ हजार ७७५ रकम हस्तान्तरण गरेका छन् ।

बटु लामिछाने तथा गणेश कार्की समूहले ८७ लाख ७७ हजार ७७७, इशा श्रेष्ठ समूहले ६५ लाख, बुटवल पावर कम्पनी समूह र कम्पनीहरूले ५१ लाख ४१ हजार ९८६, उत्तमब्लोन लामा तथा समूहले ५१ लाख, माउन्टेन इनर्जी नेपालले ५१ लाख, सुमन कर्माचार्य तथा समूहले ५० लाख र अजयबल्लभ पन्त तथा समूहले ५० लाख आर्थिक सहयोग गरेका छन् । त्यसैगरी टिएन आचार्य तथा समूहले २६ लाख, सन्तोषराज नेपाल तथा समूहले २५ लाख २५ हजार, मोहनकुमार डाँगी तथा समूहले २५ लाख, दिनेश गुरुङ तथा समूहले २५ लाख, अनुप आचार्य तथा समूहले २५ लाख, साङग्रिला ऊर्जा लिमिटेड र घलेम्द्री हाइड्रो लिमिटेडले २५ लाख रकम आर्थिक सहयोग गरेका छन् ।

रघुनाथ पुरी तथा समूह (गोरक्ष हाइड्रो) ले २५ लाख सहयोग गरेका छन् । त्यसैगरी उमेश श्रेष्ठ तथा समूहले (कालङ्गा गु्रप) ले २० लाख ७० हजार, कदम केसी तथा समूहले २० लाख १० हजार, अभिज्ञा मल्ल तथा समूहले २० लाख १० हजार, भुषण गुरागाँई तथा समूहले (न्यादी ग्रुप)ले २० लाख, बिजी ग्रुप तथा हाइड्रो सोलुसनले १५ लाख आर्थिक सहयोग गरेका छन् । बलराम खतिवडा तथा समूहले १५ लाख, गोपाल न्यूरे तथा समूह (संयुक्त ऊर्जा र चितवन इनर्जी) ले ११ लाख ११ हजार ११०, सुभास साङ्घाई र श्रीधर न्यौपाने (ग्रिन भेञ्चरर्स) ले ११ लाख, विक्रम विष्ट तथा समूह (इसुवा इनर्जी प्राली) ले १० लाख ५५५, बाबुराम थापा (अभियान समूह) ले सात लाख ५१ हजार, नारायण कँडेल तथा समूहले पाँच लाख ५५ हजार ५५५ ले आर्थिक सहयोग गरेका छन् । केशवबहादुर रायमाझी तथा समूहले पाँच लाख ५५ हजार ५५५, आत्माराम घिमिरे तथा समूह (लिबर्टी इनर्जी) पाँच लाख ५५ हजार ५५५, अर्जुन गौतम (अपरहेवा) ले पाँच लाख ५५ हजार ५५५, सोमनाथ कँडेल तथा समूहले पाँच लाख नौ हजार ९९९ रकम आर्थिक सहयोग गरेका छन् ।

कृष्णप्रसाद घिमिरे तथा समूह (विकास हाइड्रो) ले पाँच लाख पाँच हजार ५५५, प्रकाश दुलाल तथा समूहले पाँच लाख पाँच हजार, सुमन जोशी तथा समूहले पाँच लाख, जगदिश शिवाकोटी तथा समूहले पाँच लाख, मकरीगाड हाइड्रोपावर लिमिटेडले पाँच लाख, दीपक पौडेल (सानीभेरी हाइड्रो) ले पाँच लाख, रिडी पावर तथा समूहले पाँच लाख, नर्थ समिट हाइड्रो लिमिटेडले पाँच लाख र सुपरहेवा पावर कम्पनी लिमिटेडले पाँच लाख आर्थिक सहयोग गरेका छन् । अपोलो हाइड्रोपावर लिमिटेडले तीन लाख, भिजन टेस्ला पावर प्रालीले दुई लाख, प्रतिमा ज्ञवाली तथा समूहले एक लाख, भरतखत्री तथा समूहले एक लाख, चिर्खवा हाइड्रोपावर तथा निको इनर्जीले एक लाख र चम्पावती हाइड्रोपावर लिमिटेडले ५० हजार सहयोग गरेका छन् । इप्पान दैवीप्रकोप उद्धार कोषले छ लाख ३२ हजार २३ रकम प्रधानमन्त्री दैविप्रकोप तथा उद्धार कोषमा सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै