2026-10-19 02:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल

2026-09-05

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गराउनेले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन्। एमाले विशेष सङ्गठन कमिटीले शनिबार केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रले सिर्जना गरेको समस्याका कारण अनाहकमा हजारौँ नेपालीले ज्यान गुमाउनुपरेको दुखान्तको न्यायपूर्ण निरूपण हुनुपर्ने माग गरेका छन्।

“विकसित देशहरूले ठूला-ठूला उद्योग र आणविक भट्टीबाट अति कार्बन उत्सर्जन गरे, त्यसको मार हामीजस्ता विकासशील देशहरूले भोग्नुपरेको छ,” पोखरेलले भने, “हामीकहाँ भएको जनधनको क्षतिपूर्ति उनीहरूले तिर्नुपर्छ। यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ।”

महासचिव पोखरेलले एमाले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका लागि अहोरात्र खटिरहेको बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूसहितको टोली बाढीप्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तीव्र पारिएको उनले बताए। “हाम्रा पार्टीका नेता तथा जनसङ्गठनहरू बाढीलगत्तै उद्धार तथा राहतमा अहोरात्र खटेका छन्,” पोखरेलले भने, “राहत सामग्री पीडितसम्म पुर्‍याउने काम पनि हामीले गरिरहेका छौँ।”

पोखरेलले एमाले सरकारले अघि सार्ने पुनर्स्थापना तथा पुनर्निर्माणको काममा सहयोगी हुने बताएका छन्। “एमालेमा विगतका विपत्तिमा पनि उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता-कार्यकर्ताहरू हुनुहुन्छ,” पोखरेलले भने, “त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढीप्रभावित क्षेत्रमा प्रयोग गर्छौँ। सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ