2026-10-19 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड

2026-09-05

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावितहरुको उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भएपनि समयमै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था देखिएको बताए।

आगामी दिनमा विपद् व्यवस्थापन र उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। प्रचण्डले त्रास, भय वा दबाब सिर्जना गरेर काम गराउने प्रवृतिले कर्मचारीको मनोबल उच्च रहन नसक्ने भन्दै असल नेतृत्व, समर्पण, नीति तथा योजनाको सही कार्यान्वयनमार्फत उत्प्रेरित र कर्तव्यनिष्ठ बनाउने धारणा राखे। विपद्को घडीमा त्रास देखाएर नभइ कर्मचारीहरूलाई अझ बढी प्रेरित र जिम्मेवार बनाएर निष्ठापूर्वक काममा खटाउनुपर्नेमा उनले जोड दिए। प्रचण्डले हाल देशको राजनीति, कर्मचारी संयन्त्र र राज्यका सम्पूर्ण निकायहरूमा एक प्रकारको अन्योल, अनिश्चय र अस्थिरताको अवस्था देखिएको उल्लेख गरे।

सरकारलाई सुरुदेखि नै ‘राम्रो काम गरे समर्थन र सहयोग, नराम्रो गरे विरोध र आलोचना गर्ने’ नीति राखिएको भएपनि हाल सरकारका लक्षणहरू सकारात्मक नदेखिएको टिप्पणी प्रचण्डले उल्लेख गरे। लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज र आम जनता सबै सचेत हुनुपर्ने खाँचो रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ