2026-10-21 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलपी ग्यासमा नयाँ व्यवस्था, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने

2026-09-09

काठमाडौँ | भोटेकोशी नदीमा हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सअज बनाउन सरकराले वैकल्पिक व्यवस्था अपनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिँएकी छिन् ।

मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साट्न सकिने गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् । यस व्यवस्थाबाट उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत समेत ग्यास प्राप्त गर्न सक्नेछन्। बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको मन्त्री यादवले बताइन् ।

उनले यस्तो व्यवस्था काठमाण्डु उपत्यकामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन पनि दिएकी हुन् । उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गर्ने पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि मन्त्री यादवको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ