2026-10-02 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत

2026-09-09

काठमाडौँ | नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि विघटन संसद् पुनर्स्थापना गर्ने एजेन्डा पार्टीले अघि सार्न बताएका छन् । आज गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै संसद् पुनर्स्थापना असोज ६ र ७ गते बस्ने बैठकको एजेन्डा बन्ने बताए।

उनले भने, ‘कतिपय संसद् पुनर्स्थापनाको कुरा साथीहरूले सोध्नु भएको छ । यसपालिको बैठकमा हामी छलफल गर्नेछौँ । जसरी विगतमा प्रतिगमन सच्याउनको लागि संसद् पुनर्स्थापनाको प्रक्रियालाई हाम्रो आन्दोलनले स्वीकारेको थियो । २०६२-६३ मा माओवादीको आन्दोलनलाई आत्मसात् गर्दा पनि हामीले संसद् पुनर्स्थापना गर्‍यौँ । अब पनि प्रतिगमन सच्चाउनका निम्ति अघिल्लो संसद् पुनर्स्थापना एउटा क्रान्तिकारी कदम हुनसक्छ, जो सर्वोच्चमा विचाराधीन छ, त्यो हुन सक्छ हामीभित्र बहसको विषय हो। लुकाउनु पर्ने केही छैन ।’

बालेन सरकार जति धेरै टिक्छ देशले क्षति व्यहोर्ने उनको भनाइ छ। उनले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएर आएपछि राजीनामा दिन सुझाव दिए । उनले भने, ‘राजीनामा नदिए २३ र २४ गते जसरी तपाईँहरूले हाम्रो घर जलाउनुभयो। जनताको आक्रोश छ। जनताको आक्रोश रोक्न राजीनामा दिनुस् । नभए दोस्रो भदौ २३ र २४ गतेको जस्तै आन्दोलनको घोषणा हुनेछ। संसद् पुनर्स्थापनालगायतका विषय आन्दोलनको एजेन्डा बन्नेछ ।’

उनले एमालेमा पुनर्गठनको नाममा अध्यक्ष केपी ओलीलाई हटाउने षड्यन्त्र पूरा नहुने जिकिर गरे । केन्द्रीय समिति बैठकपछि ओलीको नेतृत्वमा एमाले एकताबद्ध बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता