2026-10-21 03:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत

2026-09-09

काठमाडौँ | नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि विघटन संसद् पुनर्स्थापना गर्ने एजेन्डा पार्टीले अघि सार्न बताएका छन् । आज गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै संसद् पुनर्स्थापना असोज ६ र ७ गते बस्ने बैठकको एजेन्डा बन्ने बताए।

उनले भने, ‘कतिपय संसद् पुनर्स्थापनाको कुरा साथीहरूले सोध्नु भएको छ । यसपालिको बैठकमा हामी छलफल गर्नेछौँ । जसरी विगतमा प्रतिगमन सच्याउनको लागि संसद् पुनर्स्थापनाको प्रक्रियालाई हाम्रो आन्दोलनले स्वीकारेको थियो । २०६२-६३ मा माओवादीको आन्दोलनलाई आत्मसात् गर्दा पनि हामीले संसद् पुनर्स्थापना गर्‍यौँ । अब पनि प्रतिगमन सच्चाउनका निम्ति अघिल्लो संसद् पुनर्स्थापना एउटा क्रान्तिकारी कदम हुनसक्छ, जो सर्वोच्चमा विचाराधीन छ, त्यो हुन सक्छ हामीभित्र बहसको विषय हो। लुकाउनु पर्ने केही छैन ।’

बालेन सरकार जति धेरै टिक्छ देशले क्षति व्यहोर्ने उनको भनाइ छ। उनले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएर आएपछि राजीनामा दिन सुझाव दिए । उनले भने, ‘राजीनामा नदिए २३ र २४ गते जसरी तपाईँहरूले हाम्रो घर जलाउनुभयो। जनताको आक्रोश छ। जनताको आक्रोश रोक्न राजीनामा दिनुस् । नभए दोस्रो भदौ २३ र २४ गतेको जस्तै आन्दोलनको घोषणा हुनेछ। संसद् पुनर्स्थापनालगायतका विषय आन्दोलनको एजेन्डा बन्नेछ ।’

उनले एमालेमा पुनर्गठनको नाममा अध्यक्ष केपी ओलीलाई हटाउने षड्यन्त्र पूरा नहुने जिकिर गरे । केन्द्रीय समिति बैठकपछि ओलीको नेतृत्वमा एमाले एकताबद्ध बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ