2026-10-21 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने

2026-09-09

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको दृष्टिकोणबाट नभई राष्ट्रिय एकताको भावनाबाट परिस्थितिलाई हेर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे । उनले विपत्तिको संवेदनशील समयमा राज्यले देखाएको सक्रियता र व्यवस्थापन सकारात्मक रहेको बताए ।

उनले भने, ‘विपत्तिमा सरकार र प्रतिपक्षीको आँखाले हेर्नुहुँदैन। अहिले राज्यले भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको छ। यस्तो संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता वास्तवमै प्रशंसनीय छ।’

प्रतिकूल मौसम तथा सडक अवरोधका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर प्रभावित क्षेत्रमा पुगेर गरेको कामको पनि उनले उच्च प्रशंसा गरे । लामिछानेले यसपटकको हवाई उद्धार प्रयास विगतको तुलनामा व्यवस्थित र व्यापक रहेको उल्लेख गर्दै विपत्तिग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन खोजिएको बताए । उनले राजनीतिक खिचातानीप्रति असन्तुष्टि जनाउँदै विपत्तिको समयमा राजनीतिक स्वार्थभन्दा नागरिकको जीवनरक्षा प्राथमिकतामा हुनुपर्ने धारणा राखे । ‘म देखिरहेको छु, अझै पनि कसलाई कसरी तल खसाल्ने भन्ने खेलमा केही मानिसहरू राजनीतिक रोटी सेक्न लागिपरेका छन्। अहिलेको समय राजनीति गर्ने होइन, नागरिक बचाउने र भविष्यमा यस्ता विपत्ति भोग्न नपरोस् भनेर बलिया संरचनाको खाका कोर्ने हो,’ उनले भने ।

लामिछानेले विपत्तिको कठिन समयमा राज्यका सबै संयन्त्र र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको उद्धार तथा राहत प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ