
काठमाडौँ | नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ३ हजार ४०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले बढेको हो । बुधबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको मूल्य आज तोलामा तीन हजार ४०० रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।