2026-10-02 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न

2026-09-10

काठमाडौँ | राजविराजमा अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि एक महिलाले सडकको फुटपाथमै बच्चा जन्माएको घटना प्रतिनिधिसभामा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले बिहीबारको संसद् बैठकमा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै उक्त घटना सार्वजनिक गरेका हुन्। सांसद कर्णका अनुसार राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएको थियो। तर उनीसँग पर्याप्त पैसा नभएको भन्दै अस्पतालले भर्ना लिन नमानेपछि उनले फुटपाथमै बच्चा जन्माउनुपरेको कर्णले बताए।

हरेराम पासवानकी श्रीमती बबितासँग त्यसबेला २ हजार ५ सय रुपैयाँ मात्रै रहेको उनले संसद्मा जानकारी गराए। आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था गम्भीर भएको भन्दै सांसद कर्णले घटनाबारे सरकारसँग जवाफ मागेका छन्। उनले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै अस्पतालको उक्त व्यवहारबारे आवश्यक छानबिन र जवाफदेहिता कायम गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता