2026-10-02 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल

2026-09-10

काठमाडौँ | नेकपा (एमाले)की सचिव पद्मा अर्यालले विपद्को समयमा सबै राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धार, राहत तथा विपद् प्रतिकार्यमा जुट्नुपर्ने बताएकी छन्। बिहीबार सिंहदरबारमा नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहत वितरणमा विपक्षी दलहरू सरकारको साथमा रहेको बताइन्।

उनले विपद् प्रतिकार्यको पहिलो चरणको काम सम्पन्न भएपछि मात्रै राजनीतिक एजेण्डालाई अघि बढाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिइन्।‘यति ठूलो विपत्तिको सामना गरिरहेका बेला आफ्ना राजनीतिक स्वार्थ एकातिर पन्छ्याएर सबै एकाकार भएर विपद्को सामना गर्नुपर्छ,’ उनले भनिन्, ‘आजको दिनमा राजनीतिक एजेण्डा गौण छन्। नागरिकले भोगिरहेको अफ्ठ्यारो समाधान र विपद् प्रतिकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय नै प्राथमिकतामा छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता