2026-10-02 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह

2026-09-10

काठमाडौँ | सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार संविधान अनुसार चल्न नसकेको बताएका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सल्लाहकार कुमार बेन (व्यञ्जनकार)ले चलाएको भन्दै आपत्ति जनाए । सरकारको केन्द्र सिंहदरबार भनेर आफूले बुझे पनि सरकारको केन्द्र ज्वागल (कुमार बेनको घर ललितपुरको ज्वागल हो) बनेको र हुकुमी शासन चलिरहेको भन्दै कटाक्ष गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीले शासन शैली ‘गुण्डा शैली’को भएको टिप्पणी गरे । साथै, संविधानले समावेशीको ग्यारेन्टी गरे पनि गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता विषयमा प्रहार भइरहेको सिंहले उल्लेख गरे ।

‘प्रधानमन्त्री शासन व्यवस्था संविधानमा भए पनि सल्लाहाकार व्यवस्था भएको छ । यो संविधानको कुन दफामा छ ?‚’ उनले भने‚ ‘मलाई लाग्दैन उहाँको सल्लाहकार हार्भड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको हो ।’

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजीलाई बोलाएर प्रधानमन्त्रीका सल्लाहकारले ‘कन्चटमा पेस्तोल’ देखाएको गम्भीर आरोप समेत लगाए ।‘प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीलाई अधिकार हुन्छ । तर मन्त्री समाउन प्रधानमन्त्रीले पुलिस पठाउँछन्‚’ उनले भने‚ ‘यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा म अचम्म पर्छु । गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन ।’ उनले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको नभई उनलाई बर्खास्त गरिएको पनि टिप्पणी गरे । सांसद सिंहले राज्य मधेशीप्रति अनुउत्तरदायी भएको भन्दै उनले भने‚ ‘मैले तपाईंका लागि बोलेको थिएँ यो सरकार बनेन भने आत्मदाह गर्छु । यही ठाउँबाट भन्छु- तपाईं मधेशीलाई तवाह गर्नुहुन्छ भने तपाईंको नास लेखेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता