2026-10-20 04:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह

2026-09-10

काठमाडौँ | सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार संविधान अनुसार चल्न नसकेको बताएका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सल्लाहकार कुमार बेन (व्यञ्जनकार)ले चलाएको भन्दै आपत्ति जनाए । सरकारको केन्द्र सिंहदरबार भनेर आफूले बुझे पनि सरकारको केन्द्र ज्वागल (कुमार बेनको घर ललितपुरको ज्वागल हो) बनेको र हुकुमी शासन चलिरहेको भन्दै कटाक्ष गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीले शासन शैली ‘गुण्डा शैली’को भएको टिप्पणी गरे । साथै, संविधानले समावेशीको ग्यारेन्टी गरे पनि गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता विषयमा प्रहार भइरहेको सिंहले उल्लेख गरे ।

‘प्रधानमन्त्री शासन व्यवस्था संविधानमा भए पनि सल्लाहाकार व्यवस्था भएको छ । यो संविधानको कुन दफामा छ ?‚’ उनले भने‚ ‘मलाई लाग्दैन उहाँको सल्लाहकार हार्भड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको हो ।’

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजीलाई बोलाएर प्रधानमन्त्रीका सल्लाहकारले ‘कन्चटमा पेस्तोल’ देखाएको गम्भीर आरोप समेत लगाए ।‘प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीलाई अधिकार हुन्छ । तर मन्त्री समाउन प्रधानमन्त्रीले पुलिस पठाउँछन्‚’ उनले भने‚ ‘यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा म अचम्म पर्छु । गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन ।’ उनले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको नभई उनलाई बर्खास्त गरिएको पनि टिप्पणी गरे । सांसद सिंहले राज्य मधेशीप्रति अनुउत्तरदायी भएको भन्दै उनले भने‚ ‘मैले तपाईंका लागि बोलेको थिएँ यो सरकार बनेन भने आत्मदाह गर्छु । यही ठाउँबाट भन्छु- तपाईं मधेशीलाई तवाह गर्नुहुन्छ भने तपाईंको नास लेखेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ