2026-10-02 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन

2026-09-10

काठमाडौँ | नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी शहीदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गरेकी छन् । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खातुनले जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा शहीद परिवारको अवस्थाप्रति राज्य जवाफदेही बन्नुपर्ने बताइन् ।

आन्दोलनको एक वर्ष बितिसक्दा पनि शहीद परिवार पीडामा रहेको भन्दै उनले शहीद परिवारले न्याय कहिले पाउने भन्दै सरकारलाई प्रश्न गरिन् ।‘शहीदको रगतमा राजनीति गर्न पाइँदैन । जसको भूमिका प्रमाणित हुन्छ, उसले पदबाट राजीनामा मात्र होइन, पहिला जवाफदेहिता रोज्नुपर्छ,’ उनले भनिन् ।

आन्दोलनका क्रममा युवाहरूले उठाएका माग वर्तमान सरकारले सम्बोधन गर्न नसकेको उनको आरोप छ । आन्दोलनका क्रममा ध्वस्त भएका निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्ने उनले बताइन् ।‘हामीले आन्दोलनको माग सुन्यौँ, युवाहरूको आक्रोश सुन्यौँ, तर एक वर्षपछि पनि शहीद परिवारको आँखामा आँसु छ । मनभरि पीडा छ । शहीद परिवारले न्याय कहिले पाउने सरकार ?’ उनले प्रश्न गरिन् । आन्दोलनका क्रममा ध्वस्त भएका संरचना तथा व्यक्तिको सम्पत्तिको क्षतिपूर्तिको विषयमा पीडितले प्रश्न उठाउन थालेको उनले बताइन् ।‘सरकार, खरानी बनेको देशलाई कहिले सुन्दर बनाउने ? अनि व्यक्तिको सम्पत्ति ध्वस्त छ, त्यसको हर्जाना राज्यले दिने हो कि विभिन्न दोषी समूहले दिने हो ? पीडितले माग गर्न थालेका छन्,’ उनले भनिन् ।

शहीदको बलिदान राजनीतिक स्वार्थभन्दा राज्यको जवाफदेहितासँग जोडिएको विषय भएको उनले बताइन् ।‘शहीदको बलिदान राजनीतिक स्वार्थको विषय होइन, यो राज्यको जवाफदेहिताको विषय पनि हो । हाम्रो बालबालिका तथा युवाहरूलाई अभिमन्युको चक्रव्यूहमा पठाएर बाहिरबाट तमासा हेर्ने राजनीति अब बन्द गर्नुहोस्,’ खातुनले भनिन् ।

उनले शहीदको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै पीडित परिवारका माग सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । युवाहरूको बलिदान र आन्दोलनबाट उठेका प्रश्नको दीर्घकालीन समाधान खोज्नुपर्नेमा समेत सांसद खातुनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता