2026-10-21 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन

2026-09-10

काठमाडौँ | नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी शहीदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गरेकी छन् । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खातुनले जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा शहीद परिवारको अवस्थाप्रति राज्य जवाफदेही बन्नुपर्ने बताइन् ।

आन्दोलनको एक वर्ष बितिसक्दा पनि शहीद परिवार पीडामा रहेको भन्दै उनले शहीद परिवारले न्याय कहिले पाउने भन्दै सरकारलाई प्रश्न गरिन् ।‘शहीदको रगतमा राजनीति गर्न पाइँदैन । जसको भूमिका प्रमाणित हुन्छ, उसले पदबाट राजीनामा मात्र होइन, पहिला जवाफदेहिता रोज्नुपर्छ,’ उनले भनिन् ।

आन्दोलनका क्रममा युवाहरूले उठाएका माग वर्तमान सरकारले सम्बोधन गर्न नसकेको उनको आरोप छ । आन्दोलनका क्रममा ध्वस्त भएका निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्ने उनले बताइन् ।‘हामीले आन्दोलनको माग सुन्यौँ, युवाहरूको आक्रोश सुन्यौँ, तर एक वर्षपछि पनि शहीद परिवारको आँखामा आँसु छ । मनभरि पीडा छ । शहीद परिवारले न्याय कहिले पाउने सरकार ?’ उनले प्रश्न गरिन् । आन्दोलनका क्रममा ध्वस्त भएका संरचना तथा व्यक्तिको सम्पत्तिको क्षतिपूर्तिको विषयमा पीडितले प्रश्न उठाउन थालेको उनले बताइन् ।‘सरकार, खरानी बनेको देशलाई कहिले सुन्दर बनाउने ? अनि व्यक्तिको सम्पत्ति ध्वस्त छ, त्यसको हर्जाना राज्यले दिने हो कि विभिन्न दोषी समूहले दिने हो ? पीडितले माग गर्न थालेका छन्,’ उनले भनिन् ।

शहीदको बलिदान राजनीतिक स्वार्थभन्दा राज्यको जवाफदेहितासँग जोडिएको विषय भएको उनले बताइन् ।‘शहीदको बलिदान राजनीतिक स्वार्थको विषय होइन, यो राज्यको जवाफदेहिताको विषय पनि हो । हाम्रो बालबालिका तथा युवाहरूलाई अभिमन्युको चक्रव्यूहमा पठाएर बाहिरबाट तमासा हेर्ने राजनीति अब बन्द गर्नुहोस्,’ खातुनले भनिन् ।

उनले शहीदको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै पीडित परिवारका माग सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । युवाहरूको बलिदान र आन्दोलनबाट उठेका प्रश्नको दीर्घकालीन समाधान खोज्नुपर्नेमा समेत सांसद खातुनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ