2026-10-19 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री

2026-09-10

काठमाडौँ | नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरूलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताएकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढीपछि विपद् व्यवस्थापनमा सरकार सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्यक्ष रूपमा देखिने गरी काम गर्नुपर्ने बताइन्।

खोज र उद्धारसँगै राहत र पुनर्निर्माणमा प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिइन्। सरकारले सामाजिक सञ्जालमार्फत नागरिकमा भ्रम छर्ने कार्य गरिरहेको भन्दै उनले आपत्ति जनाइन्। फरक प्रसङ्गमा बोल्दै उनले गत वर्षको भदौ २४ गतेको ध्वंसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिन्। जेनजी आन्दोलन हाइज्याक गरेर राष्ट्रिय झण्डा काँधमा हाली देश जलाउने अपराधीहरूमाथि कारबाही गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराइन्।

सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै सांसद झाँक्रीले भनिन्, ‘सरकार सामाजिक सञ्जालमा क्रियाशील छ। एआईले पुल बनाइदिन्छ, कृष्णभीरको बाटो पनि एआईले बनाइदिसक्यो। कन्टेन्ट क्रियटरहरूले बनाइरहेका छन्।’ सरकारलाई प्रत्यक्ष रूपमा काममा खटिन आग्रह गर्दै उनले थपिन्, ‘सरकार सोसियल मिडिया चलाएर हुने रहेनछ। यो सबै कुराबाट सिकेर अब सरकार देखिने गरी काममा खटिनुपर्छ। खोज र उद्धारपछि अब राहत र पुनर्निर्माणको काम पनि बाँकी छ।’

बेपत्ता तथा मृतकका परिवारको संवेदनाबारे बोल्दै उनले भनिन्, ‘अब सरकारले डीएनए परीक्षण सार्वजनिक गर्दै सातो नभए लास पनि बुझाउनुपर्ने बेला भएको छ। सरकारका लागि मृत्यु केवल एक सङ्ख्या भए पनि आफन्तका लागि ती प्रियजन हुन्।’ तहगत सरकारहरूबीच समन्वयको अभाव औँल्याउँदै उनले भनिन्, ‘आज स्थानीय तह र प्रदेश सरकारले धेरै कामहरू गरिरहेका छन्, तर सरकारले समन्वय गरिरहेको छैन। सरकार-सरकारबीच समन्वय होस्, दल नहेरियोस्। विपद्‌मा दल हेर्नु हुँदैन, तर यहाँ समन्वयको अभाव देखिन्छ।’

उनले सरकारले राजनीतिक दलका साथै प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न नसकेको दोहोर्‍याइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ