2026-10-02 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री

2026-09-10

काठमाडौँ | नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरूलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताएकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढीपछि विपद् व्यवस्थापनमा सरकार सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्यक्ष रूपमा देखिने गरी काम गर्नुपर्ने बताइन्।

खोज र उद्धारसँगै राहत र पुनर्निर्माणमा प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिइन्। सरकारले सामाजिक सञ्जालमार्फत नागरिकमा भ्रम छर्ने कार्य गरिरहेको भन्दै उनले आपत्ति जनाइन्। फरक प्रसङ्गमा बोल्दै उनले गत वर्षको भदौ २४ गतेको ध्वंसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिन्। जेनजी आन्दोलन हाइज्याक गरेर राष्ट्रिय झण्डा काँधमा हाली देश जलाउने अपराधीहरूमाथि कारबाही गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराइन्।

सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै सांसद झाँक्रीले भनिन्, ‘सरकार सामाजिक सञ्जालमा क्रियाशील छ। एआईले पुल बनाइदिन्छ, कृष्णभीरको बाटो पनि एआईले बनाइदिसक्यो। कन्टेन्ट क्रियटरहरूले बनाइरहेका छन्।’ सरकारलाई प्रत्यक्ष रूपमा काममा खटिन आग्रह गर्दै उनले थपिन्, ‘सरकार सोसियल मिडिया चलाएर हुने रहेनछ। यो सबै कुराबाट सिकेर अब सरकार देखिने गरी काममा खटिनुपर्छ। खोज र उद्धारपछि अब राहत र पुनर्निर्माणको काम पनि बाँकी छ।’

बेपत्ता तथा मृतकका परिवारको संवेदनाबारे बोल्दै उनले भनिन्, ‘अब सरकारले डीएनए परीक्षण सार्वजनिक गर्दै सातो नभए लास पनि बुझाउनुपर्ने बेला भएको छ। सरकारका लागि मृत्यु केवल एक सङ्ख्या भए पनि आफन्तका लागि ती प्रियजन हुन्।’ तहगत सरकारहरूबीच समन्वयको अभाव औँल्याउँदै उनले भनिन्, ‘आज स्थानीय तह र प्रदेश सरकारले धेरै कामहरू गरिरहेका छन्, तर सरकारले समन्वय गरिरहेको छैन। सरकार-सरकारबीच समन्वय होस्, दल नहेरियोस्। विपद्‌मा दल हेर्नु हुँदैन, तर यहाँ समन्वयको अभाव देखिन्छ।’

उनले सरकारले राजनीतिक दलका साथै प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न नसकेको दोहोर्‍याइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता