2026-10-21 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन

2026-09-11

काठमाडौँ | १० भदौमा आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेमध्ये १,३८५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शुक्रबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार हालसम्म चितवनमा ३६४, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२, रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, गोरखामा ७७, तनहुँमा ३८ शव फेला परेका हुन् । यस्तै, उपचारका क्रममा २ जनाको काठमाडौँमा मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार बाढीपछि अझै ५,१३० जना सम्पर्कविहीन छन् । हालसम्म १३,६७६ जनाको उद्धार गरिएको छ । हाल ३३७ जना विभिन्न १९ अस्पतालमा उपचाररत छन् भने २६१ जना डिस्चार्ज भइसकेका छन् ।

यस्तै, ३७ वटा होल्डिङ सेन्टर विस्थापितलाई राखिएको छ । नुवाकोटमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जनाले आश्रय लिइरहेका हुन् ।

प्राधिकरणका अनुसार खोजी तथा उद्धारमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी २१ हजार २२ सुरक्षाकर्मी परिचालन गरिएको छ । क्षतिग्रस्त पुलहरुमध्य हाल नुवाकोटको देवीघा६मा एक्रो बिज जडान गरी सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ