2026-10-02 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ

2026-09-11

काठमाडौँ | सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव भएको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तामाङले जनता भोक भोकै बस्नुपर्ने अवस्था आएको तर सरकारले जनताको समस्याप्रति चासो नदेखाएको बताइन् । उनले पसलहरूमा ग्यास भए पनि व्यवसायीहरूले बेच्न नमानिरहेका बताइन् । उनले भनिन्– ‘मलाई दिनमा हजारौँ कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्।’

उनले सरकार ठुलो कि माफिया भन्दै प्रश्न गरिन् । तामाङले प्रश्न गरिन्, ‘के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? जनताले दुई तिहाइ मत दिएर पठाएको सरकारले आज जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्नुपर्ने हो ?’ सांसद तामाङले मुलुकमा ग्यासको लाइन लामो भए पनि सरकारले मन्त्री फेर्ने काममा मात्रै ध्यान दिएको बताइन् । उनले व्यङ्ग्य गर्दै भनिन्– ‘महिने पिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय ?’

उनले यदि साँच्चिकै बजारमा ग्यास छैन भने सरकारले आज र अहिले नै ग्यास छैन भनेर घोषणा गर्नुपर्ने र जनतालाई वास्तविकता बताउनुपर्ने बताइन् । सांसद तामाङले जनताको पिर मर्काप्रति सरकार संवेदनशील नभएको भन्दै ग्यासको आपूर्ति सहज बनाउन तत्काल कदम चाल्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता