2026-10-21 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ

2026-09-11

काठमाडौँ | सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव भएको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तामाङले जनता भोक भोकै बस्नुपर्ने अवस्था आएको तर सरकारले जनताको समस्याप्रति चासो नदेखाएको बताइन् । उनले पसलहरूमा ग्यास भए पनि व्यवसायीहरूले बेच्न नमानिरहेका बताइन् । उनले भनिन्– ‘मलाई दिनमा हजारौँ कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्।’

उनले सरकार ठुलो कि माफिया भन्दै प्रश्न गरिन् । तामाङले प्रश्न गरिन्, ‘के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? जनताले दुई तिहाइ मत दिएर पठाएको सरकारले आज जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्नुपर्ने हो ?’ सांसद तामाङले मुलुकमा ग्यासको लाइन लामो भए पनि सरकारले मन्त्री फेर्ने काममा मात्रै ध्यान दिएको बताइन् । उनले व्यङ्ग्य गर्दै भनिन्– ‘महिने पिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय ?’

उनले यदि साँच्चिकै बजारमा ग्यास छैन भने सरकारले आज र अहिले नै ग्यास छैन भनेर घोषणा गर्नुपर्ने र जनतालाई वास्तविकता बताउनुपर्ने बताइन् । सांसद तामाङले जनताको पिर मर्काप्रति सरकार संवेदनशील नभएको भन्दै ग्यासको आपूर्ति सहज बनाउन तत्काल कदम चाल्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ