2026-10-01 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग

2026-09-11

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार र सार्बजनिक लेखा समितिमा भ्रष्टाचारको उजुरी परेको भन्दै सरकारले किन बचाएको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्- ‘सामान्य आरोपको भरमा तीन जना मन्त्री बर्खास्तमा पर्नुभएको छ । तर करोडौं करोड भ्रष्ट्राचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलगायत र उनको श्रीमती लगायतको ठुलो अधिकारी माथि यो आरोप लागेको छ । करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीदेखि अख्तियारदेखि सार्बजनिक लेखा समितिमा उजुरीको चाङमाथि चाङ खापिदै गएको छ । तल्लो दर्जाका प्रहरीहरुको जुत्ता मोजा खाइदिएको आरोप उनलाई लागेको छ ।’

सांसद सुनारले सरकार उनलाई बर्खास्त किन गरेको छैन भन्ने प्रश्न गर्दै भने- ‘उनीमाथि छानबिन किन भैरहेको छैन, के कारणले उनलाई बचाइराखिएको छ, यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता