2026-10-20 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग

2026-09-11

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरूमा असुरक्षा तथा स्वास्थ्य जोखिम बढेकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए। रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्ण रूपमा विच्छेद भएको भन्दै तत्काल वैकल्पिक यातायातको व्यवस्था गर्न उनले माग गरे।

बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्र आवतजावतको समस्या समाधान नहुने भन्दै कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न उनले सरकारसँग आग्रह गरे। होल्डिङ सेन्टरको अवस्थाबारे बोल्दै सांसद केसीले भने, ‘बाढीग्रस्त रसुवा तथा नुवाकोटका होल्डिङ सेन्टरमा रहेका पीडितहरू र त्यसमा पनि खास गरेर महिला, वृद्ध तथा बालबालिकाहरू अत्यन्त अप्ठ्यारा परिस्थितिमा छन्। उनीहरूलाई अझै बढी संरक्षण, सुरक्षा र व्यवस्थापनको आवश्यकता छ। पीडितहरूलाई यथाशीघ्र सुरक्षित र अस्थायी पुनर्स्थापना मिलाउन सरकारसँग जोडदार माग गर्दछु।’

आवतजावतको सास्ती र बेलीब्रिजको आवश्यकता औँल्याउँदै उनले भने, ‘अहिले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा आवतजावत पूर्ण रूपमा विच्छेद छ। बेत्रावतीदेखि गल्छीसम्म दुईवटा तुईनले मात्र पुग्दैन। कम्तीमा पाँच वटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न पनि म सरकारसँग माग गर्न चाहन्छु।’ उनले खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउनसमेत सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ