2026-10-04 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी

2026-09-12

काठमाडौँ | त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडक खण्ड तीन दिनभित्र यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा- मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ।

सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी कामलाई तीव्र पारिएको अधिकारीले जानकारी दिइन्। कामको आवश्यकता अनुसार उपकरणको सङ्ख्या घटबढ हुने गरेको र केही दिन अघिसम्म १२ वटासम्म उपकरण परिचालन गरिएको उनले बताइन्। शनिबार पहरो काट्ने काम सकिएपछि ग्रेड सुधारका लागि दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाइसकेपछि रोलर थप गरी रोलिङको काम सुरु गरिने छ।

सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई-तीन दिन लाग्ने अनुमान गरिएको छ। त्यसपछि दुई(तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । त्रिशूली बाढीपछि पहिरो गएर सडक भासिएकाले कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारु गर्न सडक योजना कार्यालयले निरन्तर काम अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर