2026-10-04 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह

2026-09-12

काठमाडौँ | विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गरेका छन् । शनिबार आफ्नो फेसबुकमार्फत मन्त्री पुनले ती नेपालीको उद्धार गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।

मन्त्री पुनले सुनिल लुंगेली मगर नाम गरेका नेपालीले आफूलाई दुबईबाट रुँदै फोन गरेको बताउँदै कसैले उनको उद्धार गरिदिन सक्नुहुन्छ ? भन्दै स्ट्याटस लेखेका छन् । यद्यपि, मन्त्री पुनले उद्धार गर्न आग्रह गर्दा उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कार्यस्थलमा रोजगारदाता कम्पनीले लुंगेली मगरको राहदानी खोसेर राखिदिएपछि उनी अलपत्र परेको मन्त्री पुनले बताएका छन् । महावीर आफैँ मन्त्री भएका कारण परराष्ट्र मन्त्रालय वा श्रम मन्त्रालयमार्फत ती नेपालीलाई उद्धार गर्न सकिन्थ्यो तर उनले सरकारी निकायबाट पहल नगरी सिँधै आफ्ने फेसबुकमा उद्धारको आह्वानसहित पहल गर्न आग्रह गरेका छन् ।

मन्त्री पुनले मगरसँग राहदानीबाहेक अन्य कागजातहरू पनि सुरक्षित रहेको बताउँदै शारजहाँ वा दुबई क्षेत्रमा रहेका नेपाली समुदाय तथा सङ्घ–संस्थालाई ती युवाको सम्पर्कमा पुगेर यथाशीघ्र उद्धार गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर