2026-10-19 09:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति

2026-09-12

काठमाडौँ | रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।

जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखा रु ६५ करोड क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको क्षति भएको छ । ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा रु ११ लाखको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ । लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड १२ लाखको क्षति भएको छ ।

माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाख तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ । एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा रु ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा रु ४० लाखको क्षति भएको छ । त्यसैगरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा रु चार लाखको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा रु ५३ लाखको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ । प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा रु ६७ करोड १३ लाखको क्षति भएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा ११ वटा शाखामा रु चार करोड २३ लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा रु २८ लाख, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ ।

उक्त रकमबाहेक पनि छुट्टै रु १९ करोड ५९ लाख क्षति भएको देखिएको छ । प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा रु छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा रु नौ करोड ५३ लााख, कालिका गाउँपालिकामा रु ७९ लाख र उत्तरगया गाउँपालिकामा रु तीन करोड २३ लाखको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु