2026-10-30 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल

2026-09-12

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन्।

वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ठूलो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, संघीयता, समावेशिता र मौलिक हकजस्ता संवैधानिक अधिकारको संरक्षण गर्न राजनीतिक दलहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको औंल्याए। सह-संयोजक नेपालले सामान्य परिवर्तनबाट संविधान नआएको स्मरण गराउँदै जनतालाई सुशासनसहितको प्रभावकारी सेवा प्रवाह गर्न सबै दल एकजुट हुनुको विकल्प नभएको सुनाए।

उनले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रलगायत सीमान्तकृत समुदायको अधिकार संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे। वर्तमान सरकारप्रति जनताको तीव्र आकांक्षा रहेकाले नागरिकको चाहनाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिए। यसैगरी, सहसंयोजक नेपालले प्राकृतिक विपद् व्यवस्थापनमा राज्य थप संवेदनशील हुनुपर्ने धारणा राखे। गत भदौ १० गतेको भोटेकोसी बाढीका कारण हिमाली क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले बेपत्ता नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरे। उद्धार र राहतका लागि सरकारले आफ्ना सम्पूर्ण स्रोतसाधनका साथै विभिन्न संघसंस्था र राजनीतिक दलहरूलाई समेत परिचालन गर्नुपर्ने उनको सुझाव थियो।

यसैबीच, उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सरकारसमक्ष माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने