2026-10-04 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ

2026-09-12

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले विपद् आउनुअघि आवश्यक तयारी गर्ने र विपद्का बेला समयमै प्रभावकारी कदम चाल्ने हो भने धेरै मानवीय क्षति रोक्न सकिने बताए। घिसिङले पछिल्लो प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिए। जेनजी आन्दोलनपछि सरकारले युवाहरूको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप पनि उनले लगाए। सरकारप्रति युवाहरूमा निराशा बढ्दै गएको र विदेशिने युवाको संख्या झन् बढिरहेको उनको भनाइ थियो।

घिसिङले साना किसानलाई उपेक्षा गर्दै ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति सरकारले ल्याइरहेको आरोप लगाए। उनले कृषि क्षेत्रको विकाससँगै साना किसानको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य राजनीतिक दलमा विलय नहुने स्पष्ट पारे। आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टी अघि बढ्ने उनले बताए। आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट बृहत् भेला आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। त्यससँगै गाउँ–गाउँमा संगठन विस्तार तथा सदस्यता अभियान सञ्चालन गरिने घिसिङले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर