2026-10-30 12:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ

2026-09-12

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले विपद् आउनुअघि आवश्यक तयारी गर्ने र विपद्का बेला समयमै प्रभावकारी कदम चाल्ने हो भने धेरै मानवीय क्षति रोक्न सकिने बताए। घिसिङले पछिल्लो प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिए। जेनजी आन्दोलनपछि सरकारले युवाहरूको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप पनि उनले लगाए। सरकारप्रति युवाहरूमा निराशा बढ्दै गएको र विदेशिने युवाको संख्या झन् बढिरहेको उनको भनाइ थियो।

घिसिङले साना किसानलाई उपेक्षा गर्दै ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति सरकारले ल्याइरहेको आरोप लगाए। उनले कृषि क्षेत्रको विकाससँगै साना किसानको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य राजनीतिक दलमा विलय नहुने स्पष्ट पारे। आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टी अघि बढ्ने उनले बताए। आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट बृहत् भेला आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। त्यससँगै गाउँ–गाउँमा संगठन विस्तार तथा सदस्यता अभियान सञ्चालन गरिने घिसिङले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने