2026-10-04 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी

2026-09-12

काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूह कसैको विरुद्धमा नभएको बताएका छन् । नयाँ दिल्लीमा शनिबार सुरु भएको ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पछिल्लो २० वर्षमा ब्रिक्सले विश्व मञ्चमा महत्वपूर्ण स्थान बनाएको प्रधानमन्त्री मोदीको भनाइ थियो । ‘हामी एक-अर्काको दृष्टिकोणको सम्मान गर्छौं र सहमतिका साथ अघि बढ्छौं,’ उनले भने, ‘अब हाम्रो एकता र सहमतिलाई विश्व मञ्चमा ठोस परिणाममा बदल्ने समय आएको छ ।’

सम्बोधनका क्रममा मोदीले विश्व शासन व्यवस्थामा सुधारका लागि १० सूत्रीय रोडम्याप पनि प्रस्ताव गरेका छन् । उनले विश्वका विभिन्न चुनौती सामना गर्न ग्लोबल साउथ केवल नियम पालना गर्ने पक्ष नभई नियम निर्माण गर्ने पक्ष पनि बन्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सुधारका लागि अब थप प्रतीक्षा गर्न नसकिने उनको भनाइ थियो । ‘आज ग्लोबल साउथ विश्वव्यापी संकटको पहिलो पंक्तिमा छ, तर निर्णय प्रक्रियामा उसको स्थान पछाडि छ,’ उनले भने, ‘हामीले यो विशेषाधिकारयुक्त पिरामिडलाई साझेदारीको मञ्चमा बदल्नुपर्छ, जहाँ हरेक देशको आवाज र हरेक सदस्यको सहभागिता सुनिश्चित होस् ।’

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर