2026-10-17 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता

2026-09-14

काठमाडौँ | भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी हालसम्म १ हजार ३९२ जनाको मृत्यु भएको छ भने ४ हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्।

प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्ग रहेका छन्, जसमध्ये १०३ वटा शवको सनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। पहिचान हुन नसकेका बाँकी शवको डिएनए परीक्षणमार्फत सनाखत गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता सूचीमा २ हजार ९०७ नेपाली पुरुष र ५७२ महिला गरी कुल ३ हजार ४७९ नेपाली नागरिक छन्। त्यसैगरी विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला गरी ६०० जना अझै सम्पर्कविहीन रहेका छन्।

उद्धार कार्यका क्रममा हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार २८७ जना घाइतेलाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र पहिचान नखुलेका ५० जना छन्। उनीहरूमध्ये २ हजार ७८१ जनालाई हाल सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखेर प्राथमिक उपचार तथा राहतको व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु