काठमाडौँ | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७ सय ७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५ सय १६ रुपैयाँ जम्मा भएको छ ।
त्यस्तै, कोषका अन्य दुई बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५ सय ७५ अमेरिकी डलर जम्मा भएको छ । सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यही कोषबाट रकम परिचालन गर्दै आएको छ ।
यसै क्रममा केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो ।