2026-10-17 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल

2026-09-15

काठमाडौँ | नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले जनताले कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्था भोग्नुपरेको जिकिर गर्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद बरालले भनिन्, ‘जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ उनले सरकारले तुरुन्तै सुधारको बाटो समात्नु पर्ने समेत बताइन् ।

सरकारी निकायहरूको लापरवाही र गैरजिम्मेवारपनका कारण नागरिकले सास्ती भोग्नुपरेको बताउँदै उनले विशेष गरी तराईका सडकको दुरवस्था, कालाबजारी र सुशासनको अभावलाई लिएर सरकारको कडा आलोचना गरिन्। सांसद बरालले कर्णाली र तराईका विभिन्न स्थानमा सडक सञ्जालको अवस्था नाजुक रहेको बताइन् । उनले भनिन्, ‘सडक बनाउने नाममा सुर्खेत वा जुम्लाबाट सामान ल्याएर बाटो बनाउने जस्ता अवैज्ञानिक कुराले गर्दा त्यहाँका जनताले भोग्नुपरेको शास्ती राज्यले दिने सौतेनी व्यवहार जस्तो भएको छ।’ उनले कालीकोट र दैलेखको सीमामा पर्ने सडक सञ्जालमा संरचना बनाउनुपर्नेमा भत्काउने काम भइरहेको भन्दै तत्कालै सडक विभाग स्थापना गर्न सरकारसँग माग गरिन्। विद्युतका नाङ्गो तारका कारण दिनहुँ हजारौँ मानिसले अकालमा ज्यान गुमाइरहेको र कैयौँ ठाउँमा पोलहरू ढलेको अवस्थामा पनि सरकार मौन बसेकोमा उनले असन्तुष्टि जनाइन्। ‘सरकार आधुनिक जमानाको कुरा गर्छ, हामीले कहाँ छौँ भनेर ऐना हेर्ने हो कि ?’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु