2026-10-17 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

2026-09-15

काठमाडौँ | इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–००१ ज ०७२० नम्बरको गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा दुर्घटनामा परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार गाडी सडकबाट करिब एक हजार मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा चालकसहित आठ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा घाइते चार जनामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलालाई हेटौँडा ल्याइएको छ । दुर्घटनापछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जना प्रहरी उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत उद्धारमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको डीएसपी काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु