2026-09-15 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

2026-09-15

काठमाडौँ | इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–००१ ज ०७२० नम्बरको गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा दुर्घटनामा परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार गाडी सडकबाट करिब एक हजार मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा चालकसहित आठ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा घाइते चार जनामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलालाई हेटौँडा ल्याइएको छ । दुर्घटनापछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जना प्रहरी उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत उद्धारमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको डीएसपी काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी