2026-10-17 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई

2026-09-16

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक राईले विपत्तिको घडीमा सरकारले नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउन नसकेको भन्दै सरकारको आलोचना गरे।

सचेतक राईले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीले मुलुकलाई प्रलयकारी विपत्तिमा पारेको उल्लेख गर्दै प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाए। उनले भने, ‘विपद्को प्रारम्भिक दिनमा न प्रधानमन्त्रीको संसद्मा उपस्थिति देखियो, न त चासो सुन्ने धैर्यता नै। उल्टो सरकार पीडित नागरिकको काँधमा चढेर विपत्तिको तमासा हेर्न खोजिरहेको अनुभूति भयो।’ उनले विपद् व्यवस्थापनमा सरकार पूर्णतया असफल भएको जिकिर गरे।

सरकारले सत्ताको अहङ्कार देखाएको आरोप लगाउँदै राईले भने, ‘सत्तामा बसेर नागरिकलाई डर देखाउने, आलोचकलाई शत्रु ठान्ने, प्रतिपक्षलाई बाधक र सञ्चारकर्मीलाई धम्की दिने प्रवृत्ति लोकतन्त्र हुन सक्दैन। जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन।’ उनले मन्त्रीहरूका अभिव्यक्ति र गृह प्रशासनको सञ्चालन शैलीमाथि समेत कडा प्रश्न उठाए।

भदौ २३ र २४ गतेका घटना, मानव अधिकार उल्लङ्घन र कारागारबाट कैदीबन्दी फरार भएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै राईले भने, ‘सत्तारूढ दलका सभापतिले संसद्मै प्रतिबद्धता जनाए पनि उच्चस्तरीय संसदीय समिति गठन गर्न किन ढिलाइ भइरहेको छ ? यदि केही लुकाउनु छैन भने संसद्को निगरानीबाट सरकार किन भाग्छ ?’राजनीतिलाई थुक्ने अभिव्यक्ति दिनेहरू अहिले राजनीति सिकाउन आएको भन्दै दम्भ देखाएको भन्दै राईले कटाक्ष गरे। ‘राजनीति सिकाउने पहिलो पाठ नागरिकको पीडामा संवेदनशील हुनु हो, संसद्को मर्यादा बुझ्नु हो। राजनीति फगत सामाजिक सञ्जालको स्ट्याटस होइन,’ उनले भने।

राजविराजकी बबिता पासवानको उपचार अभावमा भएको मृत्युको घटनाले राज्यको सार्वजनिक सेवाको दयनीय अवस्था छर्लङ्ग पारेको भन्दै उनले प्रधानमन्त्रीको पैसा अभावमा कोही पनि उपचारबाट वञ्चित हुनुपर्दैन भन्ने अभिव्यक्तिप्रति तिखो व्यङ्ग्य गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यू, यो घटना कस्तो लागिरहेछ ? मौनताले मलाई आफैँप्रति लज्जा अनुभूति भइरहेछ।’ सचेतक राईले सरकारलाई अहङ्कार त्यागेर संवाद गर्न, धम्कीको साटो जिम्मेवार बन्न र प्रचारमुखी कार्यभन्दा नतिजामुखी परिणाम दिन चेतावनीपूर्ण आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु