2026-09-16 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई

2026-09-16

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक राईले विपत्तिको घडीमा सरकारले नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउन नसकेको भन्दै सरकारको आलोचना गरे।

सचेतक राईले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीले मुलुकलाई प्रलयकारी विपत्तिमा पारेको उल्लेख गर्दै प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाए। उनले भने, ‘विपद्को प्रारम्भिक दिनमा न प्रधानमन्त्रीको संसद्मा उपस्थिति देखियो, न त चासो सुन्ने धैर्यता नै। उल्टो सरकार पीडित नागरिकको काँधमा चढेर विपत्तिको तमासा हेर्न खोजिरहेको अनुभूति भयो।’ उनले विपद् व्यवस्थापनमा सरकार पूर्णतया असफल भएको जिकिर गरे।

सरकारले सत्ताको अहङ्कार देखाएको आरोप लगाउँदै राईले भने, ‘सत्तामा बसेर नागरिकलाई डर देखाउने, आलोचकलाई शत्रु ठान्ने, प्रतिपक्षलाई बाधक र सञ्चारकर्मीलाई धम्की दिने प्रवृत्ति लोकतन्त्र हुन सक्दैन। जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन।’ उनले मन्त्रीहरूका अभिव्यक्ति र गृह प्रशासनको सञ्चालन शैलीमाथि समेत कडा प्रश्न उठाए।

भदौ २३ र २४ गतेका घटना, मानव अधिकार उल्लङ्घन र कारागारबाट कैदीबन्दी फरार भएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै राईले भने, ‘सत्तारूढ दलका सभापतिले संसद्मै प्रतिबद्धता जनाए पनि उच्चस्तरीय संसदीय समिति गठन गर्न किन ढिलाइ भइरहेको छ ? यदि केही लुकाउनु छैन भने संसद्को निगरानीबाट सरकार किन भाग्छ ?’राजनीतिलाई थुक्ने अभिव्यक्ति दिनेहरू अहिले राजनीति सिकाउन आएको भन्दै दम्भ देखाएको भन्दै राईले कटाक्ष गरे। ‘राजनीति सिकाउने पहिलो पाठ नागरिकको पीडामा संवेदनशील हुनु हो, संसद्को मर्यादा बुझ्नु हो। राजनीति फगत सामाजिक सञ्जालको स्ट्याटस होइन,’ उनले भने।

राजविराजकी बबिता पासवानको उपचार अभावमा भएको मृत्युको घटनाले राज्यको सार्वजनिक सेवाको दयनीय अवस्था छर्लङ्ग पारेको भन्दै उनले प्रधानमन्त्रीको पैसा अभावमा कोही पनि उपचारबाट वञ्चित हुनुपर्दैन भन्ने अभिव्यक्तिप्रति तिखो व्यङ्ग्य गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यू, यो घटना कस्तो लागिरहेछ ? मौनताले मलाई आफैँप्रति लज्जा अनुभूति भइरहेछ।’ सचेतक राईले सरकारलाई अहङ्कार त्यागेर संवाद गर्न, धम्कीको साटो जिम्मेवार बन्न र प्रचारमुखी कार्यभन्दा नतिजामुखी परिणाम दिन चेतावनीपूर्ण आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता